२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु

बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु


काठमाडौँ – बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण  मृत्यु भएको हो ।

सोमबार दिउँसो स्वाव लिइएको उनको साँझ मृत्यु भएको थियो। मंगलबार  आएको रिपोर्टमा ती महिलामा कोरोना पाइएको हो। नेपाल मेडिकल कलेजका काेराेना नियन्त्रण तथा राेकथाम समितिका संयाेजक डा. दिनेश श्रेष्ठले मृतकमा कोरोना पुष्टि गरेका हुन् ।

उनको स्वास्थ्यमा समस्या देखिए पछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएको बताइएको छ ।

मृतकको आज शव ब्यबस्थापन गरिने जिल्ला स्वास्थ कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन्। हालसम्म बाँकेमा ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ७ जना निको भएका छन्।

सो महिला सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने मृतकको संख्या २० पुगेको छ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ