२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड नियन्त्रणमा आयुर्वेद चिकित्सा, क्वारेन्टाइन र आइसोलेसनमै योग अभ्यास [फोटो फिचर]

कोभिड नियन्त्रणमा आयुर्वेद चिकित्सा, क्वारेन्टाइन र आइसोलेसनमै योग अभ्यास [फोटो फिचर]


बुटवल – जब कोरोना संक्रमणको दर बढ्न थाल्यो प्रदेश ५ सरकार, बुटवल उपमहानगरपालिका र लुम्बिनी आर्युवेद औषधालयको संयुक्त प्रयासमा रुपन्देहीमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा योग अभ्यास र आयुर्वेदिक औषधी वितरण सुरु गरियो । संक्रमित र क्वारेन्टाइनमा बसेकाहरुको मनोवल उच्च राख्न र योग अभ्यासका माध्यमबाट प्रतिरोधात्मक क्षमता विकासका लागि भन्दै कार्य सुरु भयो । ती सेन्टरहरुमा योग अभ्यास मात्र हाइन आयुर्वेद औषधी समेत वितरण गरियो । जसको परिणाम सकारात्मक आएको विज्ञहरुको बुझाइ छ ।

रुपन्देही भन्दा बाहिरबाट आएका देश भित्रैका तथा बाहिरी मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न थालेपछि उनीहरुको क्वारेन्टाइन बसाइ सुखद बनाउन योग तथा चिकित्सापद्धतीलाई पनि जोडिएको थियो । पहिला  क्वारेन्टाइनहरुमा मात्रै सुरु गरिएको यस अभियान पछि कोरोना संक्रमित रहेका आइसोलेसन सेन्टरहरुमा समेत शुरु गरियो । बुटवलका सबै जसो आइसोलेसन तथा क्वारेन्टाइनहरुमा पुगेर योग सिकाउदै आएका योग प्रशिक्षक विष्णुहरि आचार्य (योगीराज) ले साढे तीन महिनाको यस अवधीमा लाखौंको आयुर्वेद्धिक औषधी समेत वितरण भएको बताउँछन् ।


सिद्ध फर्मुलेशन प्रालिबाट झण्डै एक लाख बराबरको आयुर्वेद्धिक औषधीजन्य सामाग्री प्राप्त भएको र सो वितरण गरिएको उनले बताए । उनका अनुसार गोर्खा आयुर्वेद प्रालि, जनता आयुर्वेद भवन, पशुपति अन्नपूर्ण आश्रम प्रदेश ५, जी २५ क्लव बुटवललगायतबाट झण्डै २ लाखका औषधी प्राप्त भएको र ती पनि वितरण गरिएका छन । औषधीसँगै च्यावनप्रास, जडिबुटि चिया लगायतका समाग्री पनि वितरण भएका छन् । जसले मानिसमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास गरिन्छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन निर्देशिका अनुसार अश्वगन्धा पाउडर, मुलेठी पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण तथा च्यावनप्रास लगायतका औषधी क्वारेन्टाइन तथा आइसोलेसनहरुमा वितरण गरिएको छ ।रुपन्देहीका अधिकांश क्वारेन्टाइनमा योग शिक्षा दिएका योग प्रशिक्षक विष्णुहरि आचार्य (योगीराज) योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइने बताउँछन  ।

‘रुपन्देहीका क्वारेन्टाइनहरुमा योग शिक्षा प्रदान गरिएपछि यसलाई अन्य जिल्लामा पनि विस्तार गरियो । आयुर्वेद औषधीलाई पनि उच्च महत्वका साथ नै दिइएको छ । प्रदेशका रुपन्देहीसहितका अन्य जिल्लाहरुमा आयुर्वेद पद्धतिलाई विशेष जोड दिए अनुसार प्रतिफल आएको छ ।‘ योग प्रशिक्षक आचार्यले भने, ‘क्वारेन्टाइनहरुमा बस्नेहरुलाई विहानै योग गनुपर्छ भन्ने शिक्षाले उनीहरुको दैनिकीमा सकरात्मक प्रभाव पारेको र शरिर स्वस्थ्य राख्न मद्दत मिलेको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई योग शिक्षाले तनाव मुक्त बनाउनेदेखि सहज रुपमा दिन विताउन मद्दत मिल्छ ।’
मानिसलार्ई निरोगी, स्वस्थ्य राख्न योगको महत्व बढी हुने भन्दै उनले अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले क्वारेन्टाइनहरुमा गरिएको योग अभ्यास प्रभावकारी भएकोे बताए ।

मस्तिष्कको स्वास्थ्यका लागि योग एक प्राकृतिक औषधि मानिने भन्दै योग प्रशिक्षक आचार्य योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने बताउँछन ।

योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाइएको छ । त्यस्तै क्वारेन्टिन तथा आइसोलेशनमा स्थानीय औषधियुक्त जडीबुटीको उचित प्रयोग गर्नसमेत सिकाइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ