२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा स्वास्थ्य आपतकालिन हेल्पलाइन सेवा सुरु

प्रदेश ५ मा स्वास्थ्य आपतकालिन हेल्पलाइन सेवा सुरु


बुटवल – सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाइन सेवा संचालन गरेको छ । प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपको क्षती न्यूनिकरण गर्दे नागरिकको जिउधनको संरक्षण गर्न निशुल्क हेल्पलाइन सेवा संचालन गरेको हो ।

सो सेवाको मंगलबार सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुभारम्भ गर्दै हेल्पलाइन सेवाले आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्श स्वास्थ्य सम्बन्धि अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने बताए । उनले प्रदेशमा कोभिड –१९ को प्रभाव न्यूनिकरण हुँदै गएको बताउदै परीक्षण समुदाय स्तरमा पु¥याइएको बताए ।

हेल्पलाइन सेवा प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई निर्देशन दिँदै उनले छिटो रेस्पोन्स गर्ने मेकानिजम तयार गर्न निर्देशन समेत दिए । मन्त्रालय र स्वास्थ्यको लागि सक्षम प्रणाली आयोजना सहकार्यमा सुरु गरिएको हेल्पलाइनमा कोभिड १९ सम्बन्धि जानकारी तथा परामर्श  सेवा दिइने अनिल भट्टराईले जानकारी दिए ।

हेल्पलाइन सेवा विहान ७ बजे देखि साझ ७ बजेसम्म दिनको १२ घण्टा संचालन हुनेछ । राति ७ बजे देखि विहान ७ बजेसम्म फोन कललाई रेकर्ड गर्ने संयन्त्रको व्यवस्था मिलाइएको मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले बताए ।

कोभिड १९ सम्बन्धि परामर्श लगायत अन्य स्वास्थ्य आपतकालिन सेवाको लागि ११८७ वा १६६०७१५२१३० मा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ । हेल्पलाइन सेवा अन्तर्गत प्रदेशभित्र वुल्क एसएमएस सर्भिस र आपतकालिन उद्धारको लागि जिपिएस लोकेशन टेकिङ प्रणालीको लागि आवश्यक प्रकृया अघि बढाइएको र यथाशिघ्र सेवा संचालनमा ल्याइन मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ