२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसोह्र लाख घुससहित भेरी अस्पतालका कर्मचारी पक्राउ

सोह्र लाख घुससहित भेरी अस्पतालका कर्मचारी पक्राउ


नेपालगन्ज – बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका एक कर्मचारी घुससहित पक्राउ परेका छन्। भेरी अस्पतालमा कम्प्युटर अपरेटर पदमा नियुक्त रहेका अरुणराज खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घुस रकम सहित बिहिबार पक्राउ परेका हुन् ।

स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।

विभिन्न फर्म तथा पसलेहरुबाट कमिशनबापत १० लाखभन्दा बढी नगद र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको सूचनाका आधारमा खानतलाशी गर्दा उक्त रकम फेला पारी आवश्यक अनुसन्धानका लागि खनाललाई नियन्त्रणमा लिइएको आयोगका शाखा अधिकृत मीनराज थापाले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ