२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा प्रविधियुक्त एम्बुलेन्स सेवा, आकस्मिक विरामीलाई द्रुत सेवा दिन सकिने

प्रदेश ५ मा प्रविधियुक्त एम्बुलेन्स सेवा, आकस्मिक विरामीलाई द्रुत सेवा दिन सकिने


बुटवल – प्रदेश ५ मा एम्बुलेन्सहरुलाई अनलाइन ‘जिपीएस ट्रयाकिङ्ग’ एम्बुलेन्स अवस्था निरीक्षण गर्न सकिने भएको छ ।  प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वाथ्य निर्देशनालयले प्रदेशका ६० वटा एम्बुलेन्सलाई अनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरे हो ।

‘जिपीएस ट्रयाकिङ्ग’मार्फत अनलाइनबाटै ती एम्बुलेन्स कहाँ कुन अवस्थामा छन् भन्ने जानकारी प्राप्त हुनेछ । अति आवश्यक हुँदा समेत एम्बुलेन्स नआउने समस्या समाधानका लागि प्रदेश सरकारले यो अभियान सुरुवात गरेको बताएको छ । यो प्रविधिको जडान भएसँगै एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो-छरितो सेवा दिन सकिनेमा प्रदेश सरकार विश्वस्त छ । हाल प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी स्वास्थ्य निर्देशनालयमा प्रविधिमा आधारित एम्वुलेन्स सूचना केन्द्रको स्थापना गरिएको छ ।

एम्बुलेन्स सूचना केन्द्रको विहिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सु्र्दशन बरालले शुभारम्भ गरेका हुन् । मन्त्री बरालले सर्वसाधारणहरुले समयमा नै एम्बुलेन्स नपाउने अवस्थाको अन्त्य हुने समेत अपेक्षा लिइएको बताए । मोवाइल प्रयोगकर्ताहरुका लागि ‘अनलाइन एन्डोइइ एप्लीकेशन’मा आधारित मोवाइल एपिलेकशनको समेत व्यबस्था गरिएको छ ।

हेल्प लाइन सेवा २४ सै घण्टा उपलब्ध हुनेछ र आकस्मिक उपभोक्ताले सो हेल्पलाईनमा फोन गरी आफु रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्प लाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थान भन्दा नजिक र खाली रहेको एम्बुलेन्स एकिन गरी उक्त एम्बुलेन्स चालकको मोवाइल नम्वर सेवाग्राहीलाई उपलब्ध गराइने बताइएको छ।

प्रदेश सरकारबाट विनियोजित बजेट ३० लाखबाट ३ जना कर्मचारी व्यवस्थापनसहित प्रदेशका सबै जिल्लाका गरी ६० एम्बुलेन्सहरुमा सिपिएस डिभाइस जडान गरिएको प्रदेश ५ का स्वाथ्य निर्देशनालय प्रमुख डा। विनोद कुमार गिरीले जानकारी दिए । प्रदेश ५ मा हालसम्म ३५० वटा एम्बुलेन्स दर्ता भएका छन् । ती सबै एम्बुलेन्सहरुलाई आगामी वर्षसम्म अनिवार्य जिपिएस सिस्टममा ल्याइने निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ