२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरोहिणीमा ‘पिल्स’को अभाव, अनिश्चित गर्भ रहने जोखिम उच्च

रोहिणीमा ‘पिल्स’को अभाव, अनिश्चित गर्भ रहने जोखिम उच्च


बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिकामा गर्भनिरोधक चक्की ‘पिल्स’ को अभाव देखिएको छ । गाउँपाललिका अन्तरगतका ६ वटा स्वास्थ्य संस्थाबाट वितरण हुँदै आएको पिल्स अभाव हुँदा झन्डै ३ सय प्रयोगकर्ता प्रभावित भएका हो । जसका कारण अनिश्चित गर्भ रहने उच्च जोखिम समेत देखिएको छ ।

गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र सहित ५ वटा स्वास्थ्य चौकी छन् । ती स्वास्थ्य संस्थाहरुबाट चक्की वितरण हुँदै आएको छ ।संघीय सरकारले निशुल्क वितरण गर्न स्थानीय तहहरुलाई चक्की पठाउने गर्दछ । संघबाट गर्व निरोधक चक्की पिल्स सहज रुपमा प्राप्त नहुँदा समस्या हुने गरेको गाउँपालिकाको स्वास्थय शाखाका कम्युनिटी नर्सिङ्ग निरीक्षक रेनुका पाण्डेले बताइन् ।

‘झन्डै ३ सय नियमित प्रयोग कर्ता हुनुहुन्छ । उनहरुलाई हामी सहज रुपमा चक्की उपलब्ध गराउन सकेका छैनौँ, ‘उनले भनिन् –‘जिल्ला नियमित रुपमा लिन जानु पर्छ । त्यहाँ पनि भए दिनुहुन्छ । संघबाट नै चक्की नियमित रुपमा पठाउने व्यवस्था मिलाउन सके समस्या समाधान हुने थियो ।’

पिल्स चक्की अभावमा आफू गर्वधारण गर्न वाध्य भएको स्थानीय ३२ वर्षीया एक महिलाले बाध्यता सुनाइन । मधेशी समुदायको बाहुल्यता रहेको रोहिणी गाउँपालिकामा अन्य अस्थायी साधन भन्दा पिल्स चक्की बढी प्रयोग हुने गरेको छ । पुरुषहरुले साधन प्रयोगमा तदारुकता समेत नदेखाउने हुँदा महिलाहरुले पिल्स चक्कीलाई सरल उपयको रुपमा अवलम्वन गर्ने गरेका छन् । ‘हामीलाई सजिलो हुन्छ । श्रीमानबाट पनि गुनासो आउँदैन ।’ ,अर्की पिल्स चक्की प्रयोग कर्ता महिलाले भनिन्,  ‘यो चक्की यहीँ सजिलो सँग पाए हुने थियो ।’

जिल्ला जनस्वास्थ कार्यलयबाट स्थानीय तहहरुलाई सो चक्की उपलब्ध गराउँदै आएको छ । पिल्स चक्कीको माग अनुसार नै  उपलब्ध गराउने प्रयास भैरहेको स्वास्थ कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । ‘समस्या नै त होइन तर कतिपय अवस्थामा केही अभाव हुन्छ । हामी व्यवस्थापन गर्ने गरेका छौँ ।’ ,उनले भने ।

गर्भनिरोघक चक्की पिल्स महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन हो । नियमित प्रयोग गरेमा यसले अनिक्षत गर्व रोक्न मद्दत गर्दछ । यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिला लाई नै उपयोगी हुने पाण्डेले बताइन् । महिलाले चक्की खान छाडेमा पुन गर्भ धारण हुने हुँदा यसको प्रयोग बढ्दो छ । यस चक्कीले महिनावारी चक्रमा कुनै असर नपार्ने र चाहेको समयमा गर्व लिन सकिने हुँदा पनि महिलाहरुको रोजाइमा पर्ने गरेको पान्डे बताउँछिन् ।

पिल्सको एक युनिटमा जम्मा २८ वटा चक्की हुन्छन्। २८ चक्की हरु मध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगका हुन्छ । सेतो चक्की हर्मोनल हो भने खैरो आइरन चक्की हो । यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन । तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन् ।

पिल्सले महिलाको डिम्बसयबाट डिम्ब परिपक्क्व भइ निस्कने क्रियालाई रोक्छ । यसको कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन । पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ र पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहन नदिने पाण्डेले बताइन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ