२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोनाको त्रास – बाँकेमा निषेधाज्ञा जारी गर्ने

कोरोनाको त्रास – बाँकेमा निषेधाज्ञा जारी गर्ने


नेपालगन्ज – कोभिड़-१९ को जोखिम बढ्न थाले पछि बाँके प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले आगामी आइतबार देखि तीनदिनसम्म निषेधाज्ञा जारी गर्न लागेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

लकडाउन खुलेसँगै नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरूम्वाङको भनाइ छ । बिहीबार जिल्लास्तरीय कोभिड –१९ संकट व्यबस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले आइतबार देखि तीनदिनसम्म पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

बिहिबार मात्रै बाँकेमा समुदाय स्तरमै २७ जना कोरोना संक्रमित फेलापरेपछि आइतबार देखि पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । बाँकेमा कोरोनाले फेरी भयाबह रुप लिने देखिएपछि निषेधाज्ञा जारी गर्नुपर्ने अबस्था आएको उनको भनाइ छ । पहिलोपटक तीन दिनलाई निषेधाज्ञा गरिने र अवस्था हेरेर फेरबदल गर्न सकिने उनले बताए ।

बाँकेमा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा समुदाय स्थरका ८ जना महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजश्व कार्यालय नेपालगन्जमा ११ जना, यातायात कार्यालयका १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले निषेधाज्ञा जारि गर्ने कदम चाल्न बाध्य भएको हो ।

सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ