२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै

नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै


बाँके- नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा सर्वसाधारणलाई मास्क वितरण गर्नुका साथै कोरोना विरुद्ध चेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । सरोकारवाला निकायकाे अगुवाले सर्वसाधारणलाई मास्क लगाउन, सामाजिक दुरी पालना गर्न आग्रह गरेका हाे।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका पदाधिकारी एवं कार्यसमिति सदस्य, जिल्लास्थित नेपाली सेना, प्रहरीका प्रमुख समेतको उपस्थितीमा मास्क नलगाएका सर्वसाधारणलाई निःशुल्करुपमा मास्क वितरण गरिएको छ ।

धम्वोझीचोकबाट सुरु भएको चेतनामुलक कार्यक्रममा घरवारीटोल लगायतका क्षेत्रमा पुगेको थियो। संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा सहकार्य गर्दै आएको अध्यक्ष मन्सुरीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ