२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९को स्तर थाहाँ पाउन रुपन्देहीमा ‘र्यान्डम टेस्ट’ जारी

कोभिड-१९को स्तर थाहाँ पाउन रुपन्देहीमा ‘र्यान्डम टेस्ट’ जारी


बुटवल – प्रदेश ५ को अस्थायी राजधानी रहेको रुपन्देहीमा कोभिड-१९ को स्तर थाहाँ पाउन रुपन्देहीमा ‘र्यान्डम टेस्ट’ जारी रहेको छ । जिल्लाअन्तरर्गत बुटवल, भैरहवालगायतका स्थानहरुमा समुदायमा कोरोना संक्रमणको स्तर कुन अवस्थामा छ भन्ने थाहा पाउन नमुना संकलन कार्य भैरहेको हो ।

जिल्लाको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, जिल्ला सदरमुकाम भैरहवा र लुम्बिनी क्षेत्रमा स्वाब संकलन भैरहेको छ । विशेष रुपमा प्रदेश सरकारले नमुना छनोट विधिका आधारमा फ्रन्ट लाइनमा काम गर्नेहरुको स्वाव संकलन गरिएको छ । नमूना संकलनका लागि पसले, हाटबजार क्षेत्र, प्रहरी, स्वास्थ्य कर्मी आदिलाई पहिलो चरणमा छनौट गरिएको छ ।

बुटवलका पसलहरु जहाँ ग्राहकको बढी जमघट हुने गर्दछ त्यहाँबाट स्वाब संकलन गरिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए । उनका अनुसार नमूनाको रिपोर्टका आधारमा थप दायरा बढ्ने छ ।
बुधवार गरिएको नमूना परीक्षणमा सबै नेगेटिभ आएको प्रादेशिक प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जनाकारी दिए । बिहिबारको रिपोर्ट भने शनिबार मात्र आउनेछ ।

बुटवल र लुम्बिनीमा बिहीबार नमूना संकलन गरिएको थियो । समुदाय स्तरमा एउटा मात्र केस देखिएमा कन्ट्यक टे«सिङ्ग उनको भनाइ छ । अभियानका रुपमा जारी रहेको नमूना संकलन शुक्रबार भैरहवा क्षेत्रमा जारी रहेको डा. गिरीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ