गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास रुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास डी. आर. बन्जाडे आईतबार, २०७७ साउन १८ गते, ११:४६ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोरोना संक्रमण पोजेटिभ देखिए पछि दुई जना सम्पर्क विहिन भएका छन् । प्रदेश ५ को पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुईजना सम्पर्क विहिन भएका हुन् । उनीहरुले लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गराएका थिए । शुक्रबार संकलन गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि उनीहरु सम्पर्क विहिन भएका छन् । ‘उनीहरुलाई हाम्रो फोकल पर्सनले रिपोर्ट आए पछि फोन गर्नुभएको थियो। अब तपाईहरु यसो गर्नुपर्छ भने पछि भट्ने कुरा गरेका हुन् । त्यस लगत्तै मोवाइल स्वीच आफ गरे ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले भने उनीहरुको खोजी कार्य जारी छ ।’ उनीहरुले ठेगाना समेत गलत टिपाएको र मोबाइल नलाग्ने भएकाले खोजी कार्य जटिल भएको उनी बताउँछन् । स्वाव परीक्षण गर्दा बुटवल उपमहानगरपालिका वडा नं ६ को ठेगाना टिपाए पनि पहिलो फोन भैरहवामा रिसिभ भएको डा. गिरीले बताए । कारोना पोजेटिभ भेटिएका व्यक्तिहरु नै सम्पर्क विहिन भएपछि सर्वसाधारणमा भने त्रास फैलिएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री