२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपिसिआर परीक्षण सहित परीक्षा हुनुपर्ने भन्दैं विद्यार्थी प्रदर्शनमा

पिसिआर परीक्षण सहित परीक्षा हुनुपर्ने भन्दैं विद्यार्थी प्रदर्शनमा


बुटवल—कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन नहुने भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले पिसिआर परीक्षण सहितको परीक्षाको माग गरेका छन् ।

आइतबार रुपन्देही विद्यार्थी संघको आयोजनामा बुटवलका विभिन्न कलेजका विद्यार्थीले बुटवलको पुष्पलालपार्कदेखि चौराहासम्म प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । उनीहरुले स्वास्थ्य जोखिमकाबीच कक्षा ११ को परीक्षा लिने तयारी गरेको भन्दै सरकार र हिसान विरुद्ध प्रदर्शन गरे ।

कोरोना महामारीका कारण कक्षा ११ को परीक्षा नलिने भने पनि सरकारले निर्णय परिवर्तन गरी एक्कासी परीक्षा लिने भनेर मानसिक तनाव दिएको उनीहरुको आरोप छ । परीक्षा नहुने विश्वासमा तयारी नगरिएको र कक्षा १२ को कोर्स पढ्न थालेको बेला पुनः परीक्षा लिन लागिएको भन्दै विद्यार्थी रुष्ट भएका छन् ।

उनीहरुले पीसीआर टेस्ट विना परीक्षा नलिन आग्रह गरेका छन् । प्रदर्शनमा ‘नो इग्जाम विद आउट पिसिआर, मानसिक तनाव अति भो’ ‘विद्याभन्दा स्वास्थ्य ठूलो’, ‘इनफ इज इनफ’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

धेरै विद्यार्थीहरु बसमार्फत कलेज पुग्नुपर्ने भएकाले कोरोना संक्रमणको जोखिम उच्च हुने भन्दै विद्यार्थीहरुले विरोध गरेको बताएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ