२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि, अस्पताललाई सेनिटाइज गरेर सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि, अस्पताललाई सेनिटाइज गरेर सेवा सुरु


बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उनी उपचारको लागि आए पछि नै आइसोलेसन अवजरवेसनमा थिए ।  कपिलवस्तुबाट निमोनियाको उपचार गर्न भन्दै अस्पताल आएका २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पुष्टी गरे ।

‘हामी शंकास्पद हुनासाथ आइसोलेसन मै राखेर अवजरवेजसन गर्दैछौं । उहाँमा पोजेटिभ देखिए पछि कोरोना अस्पतालमा पठाइ सकेका छौँ ।’ ,उनले भने ।

प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा ती युवामा कोरोना देखिएको हो । निमोनियाको समस्या देखिए पछि उनी आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनलाई सोमबार साधारण बेडमा सारिएको थियो । निमोनियाको उपचारका क्रममा केहि कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनको स्वाव संकलन गरि कोरोना परीक्षण गरिएको थियो ।

अस्पतालमा नै उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्न वाध्य नपार्ने जनाएको छ । असुरक्षित महशुस गरेका स्वास्थ्यकर्मी भने अस्पताल भित्रै क्वारेन्टिनमा बस्न सक्ने व्यवस्था गरिएको छ ।

‘पहिलेको जस्तो अवस्था छैन् । हामीसँग सावधनीका सामाग्री छन् । स्वास्थयकर्मीहरु पनि अभ्यस्त भै सक्नुभएको छ । त्यसले गर्दा पनि उहाँहरु क्वारेन्टाइन बस्नु पर्छ भन्ने हुँदैन् । तर स्वंयले असुरक्षित भएको महसुस गरेमा अस्पताल कै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने छौँ ।’ ,उनले भने ।

संक्रमण पुष्टि भएलगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम अघि बढाएको र अस्पताललाई सेनिटाइज गरेर सबै सेवा सुरु गरिएको उनको भनाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ