२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमाले हटाउँदै विद्यालय क्वारेन्टाइन, यसरी हुँदैछ निर्मलीकरण

तिलोत्तमाले हटाउँदै विद्यालय क्वारेन्टाइन, यसरी हुँदैछ निर्मलीकरण


 बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड १९ को महामारी रोकथामका लागि विद्यालयहरुमा संचालन भएका क्वारेन्टाइनहरु स्तान्तरण गर्ने कार्य सुरु गरेको छ । क्वारेन्टाइन स्तान्तरणसँगै डिस्इन्फेक्टे (निर्मलीकरण) समेत गर्ने गरेको छ ।

मंगलबार तिलोत्तमा–२, शंकरनगरमा रहेको शंकरनगर दुर्गादत्त माविमा बनाइएको क्वारेन्टाइन हटाइएको छ । क्वारेन्टाइन हटाई डिस्इन्फेक्टेड (निर्मलीकरण) समेत गरिएको छ । विद्यालयको सम्पूर्ण कक्षाकोठा, बाहिरी परिसर, शौचालय, चमेनागृह लगायत सबै संरचनाहरुलाई निर्मलीकरण गरिएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहाकार बीपि गौतमले जनाकारी दिए ।

गतसाल चैत्र ११ गतेबाट कोरोना महामारी रोकथामको लागि क्वारेन्टाइन सञ्चालन गरिएको थियो । सो क्वारेन्टाइनलाई वनवाटिकाभित्र रहेको सहिद पार्कमा स्थान्तरण गरिएको छ । जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक तथा स्थानीय समाजसेवीहरुको उपस्थितिमा विद्यालयलाई निर्मलीकरण गरिएको हो ।

यसअघि पनि नगरपालिकाले क्वारेन्टाइन सञ्चालन गरिएको वडा नं १५ स्थित मधवलिया माविलाई पनि डिस्इन्फेक्टेड (निर्मलीकरण) गरेको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ