२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकपिलबस्तुमा आजबाट ‘आंशिक लकडाउन’

कपिलबस्तुमा आजबाट ‘आंशिक लकडाउन’


बुटवल – प्रदेश ५ कै उच्च जोखिममा रहेको तराईको जिल्ला कपिलस्तुमा साउन ३२ गते सम्मका लागि ‘आंशिक लकडाउन’ गरिएको छ । कपिलबस्तुमा कोरोना संक्रमणको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले शुक्रबार विहान देखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

‘अहिलेलाई पसलहरु बन्द गर्ने भनेका छैनौँ । तर एक दुई दिन हेछौँ । स्थिति के हुन्छ त्यस पछि अवस्था हेरेर पसल समेत बन्द हुन सक्छन् ।, ‘प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले भने, ‘ जिल्लामा कडाइ गरिएको छ । उलंघन गरेमा कानून अनुसार कारवाही हुन्छ ।’

जिल्ला प्रशासन कार्यालयले सूचना समेत जारी गर्दै शुक्रबार बिहान ५ बजेदेखि राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने बताएको छ ।

के-के बन्द हुन्छन् ? 

शुक्रबार देखि अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने सवै सेवाहरु पूर्णरुपमा बन्द हुनेछन् । मालसमान ढुवानी गर्ने बाहेका जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात, सवारी साधानहरु पूर्णरुपमा बन्द हुनेछन् । निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर र बिजोर प्रणाली अनुसार सञ्चालन हुने पौडेलले बताए ।

सराकरी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको पौडेलद्धारा जारी सूचनामा भनिएको छ । नियम उलंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने पनि प्रशासन कार्यालयले चेतावनी दिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ