२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड–१९ का लक्षणसहितको संक्रमित देखिन थाले, १३ वटा भेन्टिलेटरले कसरी धान्ला ?

कोभिड–१९ का लक्षणसहितको संक्रमित देखिन थाले, १३ वटा भेन्टिलेटरले कसरी धान्ला ?


बुटवल– प्रदेश ५ मा कोभिड १९ का लक्षण सहितका संक्रमित देखिन थालेका छन् । संक्रमितहरूमा कोभिडका लक्षण देखिन थालेपछि अबको कारोना संक्रमणको अवस्थाका बारेमा चिन्ता थपिएको छ ।

प्रदेश अन्तर्गतका केही जिल्लाहरू कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित आंशिक लकडाउनको अवस्थामा छन् । बाँके, कपिलवस्तु र पश्चिम नवलपरासीमा मानवीय गतिविधीमा कडाई गरिएको छ । समाजिक दूरी कायम गर्न, मास्क लगाउन पटक–पटक आह्वान गरे पनि समुदाय स्तरमा त्यसको पूर्ण परिपालना भएको पाईदैन ।

शनिवार कोरोना संक्रमण पुष्टी भएका कपिलवस्तुका १ जनामा पनि कोभिडको लक्षण देखा परेको छ । प्रदेशका विभिन्न स्थानहरूमा तयार भएका ४ वटा कोरोना आइसोलेसन अस्पतालहरूमा मात्रै एक्टिभ केुसहरुको उपचार हुने गर्छ ।

प्रदेश अन्तर्गतका लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना, बेलझुन्डी कोरोना विशेष अस्पताल, खजुरा क्यान्सर अस्पताल बाँके र भीम अस्पताल भैरहवामा मात्रै कोभिड–१९ का बिरामीहरुको उपचारको व्यवस्था मिलाइएको छ । ती अस्पतालहरूमा हाल २९ वटा मात्रै आइसीयु छन् भने १३ वटा मात्रै भेन्टिलेटर छन् । जसमा २४ वटा मनिटर जडान छन् ।

गंभिर र संक्रमणको उच्च जोखिमयुक्त बिरामीहरूका लागि आइसीयू अनिवार्य हुने चिकित्कहरू बताउँछन् । प्रदेशमा एक्टिभ केस थपिएमा अहिलेको साधन स्रोतले धान्न नसक्ने आकलन सहित काम भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालायक प्रमुख डा. उमाशंकर चौधरीले बताए ।

‘संक्रमणका कारण महत्वपूर्ण अंगले काम गर्न छाड्यो भने भेन्टिलेटर आवश्यक हुन्छ । जसको सपोर्टका आधारमा बिरामीलाई उपचार गरिन्छ । आवश्यकता बमोजिम थप गर्ने योजना छ,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ