२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवल उप-महानगरपालिकाका एक सदस्यमा कोरोना पुष्टि भएपछि कार्यलय सिल

बुटवल उप-महानगरपालिकाका एक सदस्यमा कोरोना पुष्टि भएपछि कार्यलय सिल


बुटवल – बुटवल उप-महानगरपालिकाका एक सदस्यमा कोरोना संक्रमण देखिए पछि कार्यलय ७२ घन्टाका लागि सिल गरिएको छ । शनिबार संक्रमण देखिएका ती पार्टीका सदस्य कार्यालयमा आउने जाने गरेकाले आइतबारदेखि ७२ घन्टाका लागि कार्यालय शील गरिएको नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए ।

उनका अनुसार संक्रमित सदस्य पछिल्लो समयमा दुई पटक कार्यालयमा आएका थिए । दूरी कायम गरेको भए पनि पार्टी कमिटी बैठक भइरहेको र उनी पनि सहभागी भएकोले उनीसँग सिधै सम्पर्कमा आएका र पार्टी कार्यालयमा आएकालाई सतर्क रहन पन्थीले आग्रह गरेका छन् ।

संक्रमण पुष्टि भएका व्यक्ति आफन्त बिरामी भएपछि केही दिन चितवन बसेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ