गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य हेल्थ आवाज मंगलवार, २०७७ भदौ ९ गते, १९:४६ मा प्रकाशित बुटवल– नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ कोे संयोजकको जिम्मेवारी लुम्बिनी प्रादेशिक अस्पतालका डा. प्रशान्त आचार्यले पाएका छन् । डा.आचार्य प्रदेश सरकार र स्थानीय तहहरुबीच समन्वयतात्मक भूमिका खेल्ने जिम्मेवारीसहित संयोजक चयन भएका हुन् । परिषद्ले मंगलवार आचार्यलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । यो सँगै स्वास्थ्य क्षेत्रमा संघियताको विकास र विस्तार हुने गरी संस्थागत संरचना तयार भएको बताइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् रणनीति २०७६ बमोजिम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ति पुर्वाधार क्षमता प्राथमिकताका आधारमा संघ, प्रदेश र स्थानीय तहसम्म परिषद्को संरचना विस्तार गरिने परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए । यसैगरी प्रत्येक प्रदेशमा परिषद्का शाखाहरु विस्तार हुने उनले बताए । चालू आर्थिक बर्षको बजेटमा समेत हरेक प्रदेशमा परिषद्को शाखा विस्तार गर्ने भनिएको थियो । परिषद्ले प्रदेश र स्थानीय तहका गतिविधी समेतको रिपोर्ट परिषद्लाई उपलब्ध गराउनेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स TFN ट्रेण्डिङ