२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशका उच्चपदस्थमा कोरोनाको जालो: मन्त्रीदेखि भान्से सम्ममा संक्रमण

लुम्बिनी प्रदेशका उच्चपदस्थमा कोरोनाको जालो: मन्त्रीदेखि भान्से सम्ममा संक्रमण


बुटवल– लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहित मन्त्रीका डाइभर र भान्से समेतलाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरी, उनकी धर्मपत्नी, सचिवालयका पिएसओलाई पनि कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सभाका सभामुख, उपसभामुख सहित प्रदेश सरकारका आन्तरिक मामीला मन्त्री कुल प्रसाद केसीलाई कोरोना देखिए पछि उनीहरुको पनि स्वाव परिक्षण गरिएको थियो ।

बुधबारदेखि निरन्तर रुघा लागेपछि उनले बिहीबार पिसीआर परिक्षण गराएका थिए । मन्त्री चौधरीको स्वास्थय अवस्था सामान्य छ । अन्यमा भने कुनै लक्षण छैन ।

संक्रमित सबै भैरहवास्थित मन्त्री निवासको आइसोलेसनमा रहेको मन्त्री चौधरीले बताए ।

असोज १९ र २० गते प्रदेश सभा बैठक बसेको थियो । सो बैठकमा नाम र स्थायी राजधानीका बारेमा नाराबाजी समेत भएको थियो । त्यसयता मन्त्री, प्रदेश सभा सदस्य र कर्मचारीमा कोरोना संक्रमण देखिने क्रम बढेको छ ।

 


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ