२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशवेष्टर्न अस्पतालमा लेभल ३ आईसीयु सेवा सुरु, पूर्वाधार बढाउन ५ करोड लगानी थप

वेष्टर्न अस्पतालमा लेभल ३ आईसीयु सेवा सुरु, पूर्वाधार बढाउन ५ करोड लगानी थप


नेपालगन्ज—नेपालगन्जमा संचालन हुँदै आएको वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ शैय्याको लेभल ३ आईसीयु सेवा सुरु गरेको छ ।

आईसीयुमा भर्ना हुने हरेक बिरामीका लागि एक÷एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर विशेषज्ञ डियुटीमा रहने ब्यवस्था मिलाइएको छ ।

यस्तो सुविधा भएको आईसीयु संचालन गर्ने वेष्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो निजी अस्पताल भएको वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए ।

आईसीयुमा भर्ना हुने बिरामीमा हुने बिरामीको स्वास्थ्य सुचकहरुको बारेमा जानकारी दिनका लागि डब्लुएचओको प्रोटोकलअनुसार बिरामीको हेल्थ इन्डिकेटर इन्फर्मेसन सिस्टम मिलाइएको छ । आईसीयुमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्सहरु कार्यरत छन् ।

यस अस्पतालले क्वालिटी अफ नर्सिङ र आईसीयुमै २४ घण्टा कन्सलट्यान्ट चिकित्सकको व्यवस्था गरेर गुणस्तरीय उपचार सेवालाई विशेष फोकस गरेको छ ।

त्यसैगरी, उपचार सेवालाई थप प्रभावकारी बनाउन यस अस्पतालले टिचिङ, ह्याम्स, ग्रान्डीजस्ता सुविधासम्म अस्पतालको आईसीयु विभागमा लामो समय काम गरेका विशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफहरुसँग सहकार्य गर्दै आइरहेको छ ।

यसका साथै आईसीयुमै डायलाइसिस सुविधा छ । ६ वटा भेन्टिलेटरसहित अत्याधुनिक उपकरणहरु छन् । वेष्टर्न अस्पतालले आजैदेखि ६ वेडको एचडियु सेवा पनि सुरु हुँदैछ । केही दिनमै ६ बेडको एनआईसीयु संचालन गर्ने तयारी गरिरहेको छ । वेष्टर्न अस्पतालमा ९ बेडको अप्रेशन थियटर छ ।

आईसीयुलगायतका सुविधाहरु बढाउनका लागि करिब ५ करोडको लागतमा उपकरण र पूर्वाधारहरु थप गरिएको अस्पतालका प्रवन्ध निर्देशक डा. थापाले बताए ।
अस्पतालको क्रिटिकल केयर विभागमा डा. पारस पाण्डे मेडिसिन विभागमा कन्सल्ट्यान्ट फिडिसियन डा. मधु अर्यालसहितका चिकित्सक र नर्सिङ स्टाफहरुको टिम कार्यरत छ ।

विगत १९ वर्ष पहिले सुरु भएर हाल १०० शैय्या बेडको क्षमतामा सचालन भइरहेको वेष्टर्न अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले निकट भविष्यमै बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डायलासिस सेवा संचालनको तयारी गरिरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ