२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसियारीका स्वास्थ्य चौकीमा प्रयोगशाला सुरु

सियारीका स्वास्थ्य चौकीमा प्रयोगशाला सुरु


बुटवल-रुपन्देहीको सियारी गाउँपालिकाअन्तर्गत हर्नैया स्वास्थ्य चौकी र पश्चिम अमवा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुभारम्भ भएको छ । सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले दुवै स्वास्थ्य चौकीको प्रयोगशाला सेवाको एक कार्यक्रमका बीच उदघाटन गरे ।

सो अवसरमा बोल्दै उनले सियारी गाउँपालिकाले स्वास्थलाई प्राथमिकता दिइएको बताए ।

प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिन, स्टुल, ब्लड ग्रुप, मलेरिया, क्रिटनाइन, आर एस फ्याक्टर, प्रिगनेन्सी टेस्ट, एच आइभी टेस्ट, कोलेस्टोललगायतका ३५ देखि ४० किसिमका जाँच गरिने स्वास्थ चौकीले बताएका छन् ।

हर्नैया स्वास्थ्य चौकीको कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्य चौकी प्रमुख प्रेमनारायण सुवेदी र संचालन हेल्थ असिस्टेन्ट सन्तोष खरेलले गरेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ