२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअपांगता भएका व्यक्तिको स्वास्थ्यका लागि सांस्कृतिक कार्यक्रमको तयारी

अपांगता भएका व्यक्तिको स्वास्थ्यका लागि सांस्कृतिक कार्यक्रमको तयारी


बुटवल—अपांगता भएका व्यक्तिहरुको शिक्षा र स्वास्थ्यका लागि एक करोड अपांगता अक्षयकोष स्थापनार्थ वृहत रुपन्देही सांस्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र काठमाडौंको आयोजना, नवजीवन क्लब तिलोत्तमाको सह—आयोजना तथा यशोधा फुड्स प्रालिको प्रायोजनमा फागुन २४ गते शनिबार कार्यक्रम हुने भएको हो ।

बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी भैरहेको राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले बताए । ‘अभियान काठमाडौंबाट सुरु भैसकेको भन्दै उनले ७ लाख रुपैयाँ सहयोगको बचन आएको छ र ४ लाख ७५ हजार जम्मा भैसकेको छ, रुपन्देहीबाट १ करोड जम्मा हुने आशा छ,’ उनले भने । नेपालका विभिन्न स्थानमा ६ वटा अपाङ्गता भएका बालवालिकाहरुलाई अध्ययन गराउन तथा पुर्नस्थापना गर्ने स्कुल खोलिएको समेत उनले बताए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क हृवीलचियर, वैैशाखी, सेतो छडीलगायतका सामान र पुरस्कारसमेत प्रदान गरिने छ । शारीरिक अवस्थाका कारण भएको समस्यालाई समाधान गराउन चिकित्सकबाट उपचार गराउने कामसमेत गरिरहेको उनको भनाइ छ । सरकारबाट अपाङ्गताको लागि छुटाएको बजेट दुरुपयोग भैरहेको उनले दुखेसो गरे । राष्ट्रिय अपाङ्गता आयोग गठन गर्नुपर्ने मागलाई अगाडि बढाइरहेको उनले बताए ।

भोट बैकका रुपमा आफूहरुलाई प्रयोग गरिरहेको, अपाङ्गमैत्री समाजको सोच विकास सरकारबाट नगरिदा आफूहरु समस्यामा परेको उनले बताए । कार्यक्रमका लागि शान्ति नमुना मावि र नवजीवन खेलमैदानमध्ये उपयुक्त स्थान छनोट गरिने नवजीवन क्लबका अध्यक्ष गोविन्द भुषालले बताए ।

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र काठमाडौंका सदस्य गंगाराम पौडेलले सबैको हातेमालोबाट अगाडि बढ्न सकिने भन्दै समाजको विकास गर्न सबै पक्ष एक भएर लाग्नुपर्ने बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ