२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी अस्पतालका पदाधिकारीले सम्हाले कार्यभार

लुम्बिनी अस्पतालका पदाधिकारीले सम्हाले कार्यभार


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त पदाधिकारीले कार्यभार सम्हालेका छन् । प्रदेश सरकारले हालै समितिको अध्यक्ष सुर्यबहादुर भट्टराई र सदस्यमा रिज्जु श्रेष्ठलाई नियुक्त गरेको थियो ।

पदस्थापन कार्यक्रमसँग उनीहरुले कार्यभार सम्हालेका हुन् । उनीहरुलाई प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले पदस्थापन गराएका थिए । त्यसक्रममा उनले प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको दोस्रो नम्बरमा लुम्बिनी प्रादेशिक अस्पताललाई राखेको बताए । न्यौपानेले अस्पतालको स्तर उन्नतीका व्यवसायिक सटरहरु भत्काएर नमुना पर्खाल निर्माण गर्ने बताए ।

प्रदेश ५ नेकपा संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना बनाउनको लागि प्रदेश सरकार लागेको बताए । अस्पतालाई बजेटको अभाबमा कुनै योजना नरोकिने बताए । अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अस्पताल विकासका लागि धेरै काम भएको भन्दै अस्पतालमा विकासका लागि कुनै पनि आर्थिक कमी हुन नदिने प्रदेश सरकारको योजना रहेको बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम अस्पतालका सटर भत्काउँदैमा आर्थिक अभाव सिर्जना नहुने बताए । नेपाली कांग्रेस महासमिति सदस्य युवराज गिरीले अस्पतालका सेवा सहज रुपमा पाउने ब्यवस्था मिलाउनुपर्ने बताउँदै गुणस्तरीय सेवा दिनको लागि कर्मचारीलाई सेवा सुविधा सम्पन्न बनाउनुपर्ने बताए ।

कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पतालमा सुधारका कामहरु सुरुवात भैसकेको भन्दै स—साना कामबाट अस्पतालमा सुधारको काम अगाडि बढाउने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले अस्पतालमा सेवा प्रवाहलाई अझ बढी प्रभावकारी बनाउँदै लैजाने बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ