२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसिद्धबाबा अस्पतालमा शाइन रेसुंगा बैंकका ग्राहकलाई छुट

सिद्धबाबा अस्पतालमा शाइन रेसुंगा बैंकका ग्राहकलाई छुट


बुटवल – बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौतापछि शाइन रेसुंगा बैंकका खातावाल ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउँदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका अध्यक्ष डा. शक्ति बस्नेतले आइतबार हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जनरल चेकजाँच, फूल बोडी चेकअप, प्याथोलीजी, रेडियोलोजी र बेड चार्जमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने अस्पतालका अध्यक्ष डा. बस्नेतले जानकारी दिए ।

क्षेत्रीयबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएसँगै बैंकले ११औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई बढी भन्दा बढी सुविधा दिने नीति अनुसार अस्पतालसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।

यसअघि बैंकले नेपालगञ्ज मेडिकल कलेजसँग पनि यस्तै सम्झौता गरिसकेको छ । यो सम्झौतापछि बैंकका ७० वटा शाखा कार्यालयका चारलाख भन्दा बढी ग्राहक लाभान्वित हुने छन् । दुई अर्ब चुक्ता पुंजी रहेको बैंकको पुस मसान्तसम्म निक्षेप २७ अर्ब १२ करोड तथा कर्जा लगानी २४ अर्ब ३२ करोड रहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ