२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना भाइरसको असर पूर्वाधार निर्माणदेखि पर्यटनसम्म

कोरोना भाइरसको असर पूर्वाधार निर्माणदेखि पर्यटनसम्म


फागुुन—चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर रुपन्देहीको पूर्वाधार विकास र पर्यटन क्षेत्रमा पनि देखिएको छ । यहाँ निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुुटवल–नारायणगढ सडकका चिनियाँ प्राविधिक कामदार चीनबाट फर्किन नसक्दा पूूर्वाधार निर्माणमा समस्या देखिएको हो । यस्तै लुम्बिनीमा आउने बाह्य पर्यटकको संख्या पनि हवात्तै घटेको छ ।

चिनिया नयाँ वर्ष मनाउन गएको समयमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्राविधिक तथा कामदार यहाँ फर्किन नसकेका हुन् । गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुुख प्रवेश अधिकारीले कामदारहरु फर्किन नपाउँदा टर्मिनल भवन भित्रको कन्भेयर वेल्ट र धावनमार्गको लाइटहरु जडानको काम ठप्प भएको बताए । ‘हामी उपकरण जडानको अन्तिम फेजमा थियौं,’ अधिकारीले भने,
‘घर गएका कामदारहरु फर्किन पाएनन् । अन्य भौतिक संरचनाहरुको काम भइरहे पनि प्राविधिक क्षेत्रको काम ठप्प भएको छ ।’

विमानस्थल निर्माणमा कार्यरत ४५ कामदारमध्ये ३० जना चीनबाट आउन नपाएका हुन् । सन् २०१९ डिसेम्बर ३० मा निर्माण सम्पन्न गर्ने भनिएपनि काम नसकिँदा फेरि विमानस्थल निर्माणको म्याद तीन महिना थपिएको छ । अहिलेकै अवस्था रहने हो भने पनि फेरि थपिएको समयमा पनि विमानस्थल निर्माण पूूरा हुनेमा आशंका छ । हालसम्म ८७ प्रतिशत काम सकिएको आयोजना प्रमुुख अधिकारी बताउँछन् ।

कोरोना भाइरसको महामारीपछि चीनले हवाई र सडक यातायातमा रोक लगाउनुुका साथै सीमा नाका बन्द गरेको छ । शिलान्यास भएको झण्डै एक वर्ष पुुग्नै लाग्दा बल्ल काम सुुरु हुन लागेको बुुटवल–नारायणगढ ‘सिक्स लेन’ सडक विस्तारका कामलाई पनि कोराना भाइरसले अप्ठ््यारोमा पारेको छ । चिनियाँ मजदुरहरू फर्कन समस्या भएपछि नेपाली प्राविधिकसहितका कामदारले सडकको कामलाई अगाडि बढाएका छन् । अहिले बुटवलदेखि नारायणगढसम्मको कुल १ सय १५ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

सडक विस्तारको काम चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेडले लिएको छ । सडक विस्तारको कामअन्तर्गत बुटवलदेखि पश्चिम नवलपरासीको दाउन्नेसम्मको ४८.५ किमी सडक एक खण्डमा छ । त्यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किमी सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम थालिएको छ ।

दुवै खण्डमा हालसम्म रुख कटानको काम भइरहेको छ । केही स्थानमा रूख कटानको काम सकिएको छ । बर्दघाटदेखि खैरहनीसम्मका रूख काटी सकिएको छ । खैरहनीबाट बुटवलसम्मका रुख काट्ने काम केही दिनमा सुरु हुने नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्ड बर्दघाटका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले बताए । ड्रेन, पुलको काम पनि अघि बढेको छ । विजुली र खानेपानीको पाइप व्यवस्थापनको काम अगाडि बढाउन थालिएको छ ।

आयोजनामा व्यवस्थापन र प्राविधिक गरी २० जनाको हाराहारीमा चिनियाँ कामदार रहेको आयोजनाको काममा मुख्य प्राविधिक र प्रशासनिकमा चिनियाँ नै छन् । आधा भन्दा बढी प्राविधिक र कामदार चीन गएका छन् । ‘केही प्राविधिक र कामदारहरु घर छुट्टीमा गएका छन् । केहीको डकुमेण्ट नमिलेकाले मिलाउन गएका छन् । रोगको संक्रमण देखिएपछि उनीहरु चीनमै रहेका छन्,’ इन्जिनियर पाण्डेले भने । नेपालमा आएपनि दुई हप्ता स्वास्थ्य क्याम्पमा बसेर परीक्षण सकिएपछि मात्र आउन भनेर प्राविधिकसहित अन्य कामदारलाई भनिएको पाण्डेले बताए । ‘चिनियाँ कामदारहरु नआएपछि उनीहरुको ठाउँमा नेपालीले हेरेका छन् । केही समस्या भएपनि सुरुवाती चरण भएकाले ठूलो समस्या छैन । तर केही दिनपछि पनि फर्किएनन् भने समस्यै हुन्छ,’ उनले भने ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चीनबाट सुरु भएको कोरोनाको संक्रमणले लुम्बिनीलाई पनि प्रत्यक्ष असर पु¥याएको बताए । उनले लुम्बिनी घुम्न आउने बाह्य पर्यटक ह्वात्तै घटेको जानकारी दिए । गएको जनवरीमा जम्मा १३ हजारले मात्र लुम्बिनीको भ्रमण गरेका छन् । भारतले पनि नेपाल भारत सिमा नाका बेलहिया (सुुनौली)मा पनि चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ