२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना नियन्त्रणको पुर्वतयारीको लागि केन्द्रका दुई टोली प्रदेश लागे

कोरोना नियन्त्रणको पुर्वतयारीको लागि केन्द्रका दुई टोली प्रदेश लागे


काठमाडौं – प्रदेश र स्थानीय तहमा कोरोनाको सम्भावित संक्रमण रोकथाम पुर्व तयारीको लागि सुदूरपश्चिम र प्रदेश १ मा केन्द्रबाट टोली परिचालन भएको छ। १ नम्बर प्रदेशमा व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलको नेतृत्वमा टोली परिचालन भएको हो।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ईडिसिडीमाे जुनाेसिस तथा सरुवा राेगशाखा प्रमुख डा हेमन्त अेझाकाे नेतृत्वमा टाेली परिचालित छन् । अन्य प्रदेशमा पनि केही दिन भित्र नै टाेलि परिचालन गरिने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

स्वास्थ्य सेवा विभाग आफ्ना नियमित काम बाहेक अन्य कामलाई थाती राखेर कोरोना नियन्त्रणको पूर्व तयारीमा लागिरहेको छ। कोरोना संक्रमणको महामारीलाई मध्य नजर गर्दै आफ्नो देशमा फैलन नदिन र नियन्त्रणको लागि यसको पूर्व तयारी गर्न लागिएको हो। यसको निमित्त विभागले कोरोना नियन्त्रणको पूर्व तयारीको लागि ७ वटा टोली ७ वटा प्रदेशमा पठाउन शुरु गरेको छ।

मन्त्रालयका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उक्त टोलीले प्रत्येक प्रदेशमा हब अस्पताल तयार गर्ने देखि स्थानीय अस्पतालहरुलाई कोरोना नियन्त्रणको लागि तयार गर्न सहयाेग गर्नेछ । प्रदेश मन्त्रालयलाई कोरोना नियन्त्रण पूर्व तयारीको जानकारी गराउने, प्रत्येक नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी आवश्यक न्यूनतम सामाग्री उपलब्ध गराउनमा कोरोना नियन्त्रणको लागि पठाइने टोलीको भूमिका रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकहरुको नेतृत्वमा काठमाडौं उपत्यकामा ५ वटा टोलीले वरपरका अस्पतालमा आएका कोरोना संक्रमणसँग समबन्धित शंकासपद विरामीहरुको विवरण संकलन गर्नेछ। कोरोना सम्बन्धी २४ औं घण्टा जानकारी प्रदान गर्न इपीडोमोलोजी तथा रोग नियन्त्रण तथा महाशाखामा ‘कोरोना इन्फर्मेशन सेन्टर’ स्थापना गर्ने तयारी भईरहेको उनले बताए।


क्याटेगोरी : प्रदेश १, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ