२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ अपडेट – १ हजार ४२ संक्रमणमुक्त, ७१८ थपिए

प्रदेश १ अपडेट – १ हजार ४२ संक्रमणमुक्त, ७१८ थपिए


विराटनगर – प्रदेश १ मा बुधबार १ हजार ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ सय ४१ महिला र ६ सय १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मोरङबाटमात्रै ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ७१८ जना कोभिड संक्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्बुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुष सहित १ सय ६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा१–१, झापाको विर्तामोडमा ७४ र भद्रपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै,  बुद्धशान्ति र अर्जुनधारामा ३३–३३,कनकाईमा २८,मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बा¥हदशीमा १२, कचनकवल र गौरीगञ्जमा५–५, हल्दिबारीमा ४, कमलगाउँपालिका र झापागाउँपालिकामा३–३, गौरादहमा १ र स्थानीयतहनखुलेका ४, सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा२–२जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि, इलामको माईजोगमाईमा ९, इलामनगरपालिकामा७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीयतहनखुलेका ६, सोलुखुम्वुको नेचासल्यानमा७, माप्यदुधकोशीमा६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको रौतामाईमा १ र स्थानीयतहनखुलेका ३,खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१, पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हाल यहाँ संक्रमितको संख्या ५९हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ रहेको छ । प्रदेश १ मा बुधबार १ हजार ८०२जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९९महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ