२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चैत्रसम्ममा सम्पूर्ण नागरिकलाई कोभिड खोप : स्वास्थ्यमन्त्री खतिवडा

चैत्रसम्ममा सम्पूर्ण नागरिकलाई कोभिड खोप : स्वास्थ्यमन्त्री खतिवडा


विराटनगर – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आउँदो चैत्रसम्ममा सम्पूर्ण नागरिकले कोभिड-१९ विरुद्धको खोप लगाइसक्ने दावी गरेका छन् । विराटनगरस्थित कोशी अस्पतालको बुधबार विहान निरीक्षण पछि संचारकर्मीहरूसँग काराकानी गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउनु भएको बताए । उनले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैत्रसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।

‘चैत्रसम्ममा सम्पूर्ण नागरिक खोप लगाइसक्छन् । खोपको अभाव छैन । अहिले पनि ढेड करोडभन्दा बढी खोप पाइपलाइनमा रहेको छ,’ मन्त्री खतिवडाले भने ।

अहिलेसम्म १८ वर्षमाथिका नगरिकलाई मात्र खोप लगाइएको जानकारी दिँदै मन्त्री खतिवडाले १२ देखि १८ वर्ष उमेर समूहको लागि पनि खोप बनेको जानकारी दिए । त्यसको लागि सरकारले १ करोड खोप ल्याउने तयारी गरेको बताए ।

‘१२ देखि १८ वर्ष उमेर समूहको लागि यसअघि १ लाख खोप आइसकेर लगाउन पनि सुरु गरिएको छ । नमूनको रुपमा सातै प्रदेशमा बितरण गरि अहिले खोप लगाउन सुरु भएको छ । अहिले प्राथामिकताको आधारमा खोप लगाउने गरिएको छ,’ उनले भने, ‘दुई वर्षदेखि १२ वर्ष उमेर समूहको लागि पनि खोप बनेको छ ।

चीन र भारतले बालबालिकाहरुको लागि कोभिड-१९ विरुद्धको खोप उत्पादन गरेका छन् । यसले मान्यता पाएलगतै हामी बालबालिकाका लागि खोप खरिद गरेर ल्याउने तयारी गरिएको छ ।’

स्वीकृत हुने बितिक्कै सम्झौता गरेर २ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरुको लागि खोप खरिद गरेर ल्याउने सरकारले तयारीले गरेको मन्त्री खतिवडाको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ