२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १मा स्पाइन सर्जनहरूको समिति गठन

प्रदेश १मा स्पाइन सर्जनहरूको समिति गठन


काठमाडौँ – प्रदेश १ मा स्पाइन सर्जनहरुको समिति गठन भएको छ। प्रोफेसर .डा. पशुपति चौधरीको अध्यक्षतामा ११ सदस्य सहितको कार्य समिति गठन भएको हो।

समितिको अध्यक्षमा प्रा .डा. पशुपति चौधरी, उपाध्यक्ष डा. प्रकाश सिटौला, महासचिव डा प्रेम शाही, संयुक्त सचिव डा सुवास झा र कोषाध्यक्ष- डा सन्दिप अधिकारी रहेका छन्।

त्यस्तै, सदस्यहरुमा डा यज्ञ खरेल, डा मनोजकुमार शाह, डा कुमुद लिम्बु, डा नवीन सिंह, डा प्रमोद बराल, अनुप पोखरेल छन्।

अर्थोपेडिक विधामा समयसँगै विकास हुने क्रम हुँदै यस विधामा पनि विशेषताको विकास हुँदै गएको अवस्थामा प्रदेश १मा पनि स्पाइन सर्जरीको गठन गरिएको समितिका अध्यक्ष प्रा .डा. पशुपति चौधरीले बताए।

उनले भने, ‘प्रदेश १ मा स्पाइन सर्जरीको विकास र सर्जनहरुबीचमा ज्ञान र सीपको आदानप्रदान र समग्र बिरामीहरुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले हामीले यो समिति गठन गरेका हौँ।’ यसको साथै आगामी दिनमा विस्तारैआवश्यकता अनुसार सान्टिफिक  र एडभाइजरी समिति पनि गठन गरिने उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ