२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको भन्दै कारवाहीको माग

स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको भन्दै कारवाहीको माग


काठमाडौँ – स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गरेको भन्दै राष्ट्रिय स्वास्थ्य महासंघ नेपाल, १ नम्बर प्रदेशको समितिले दोषीलाई कारवाही गर्न माग गरेको छ। समितिले मंगलबार विज्ञप्ति जारी गर्दै ताप्लेजुँङ जिल्ला, सिहुंदवा गाउँपालिकाका स्वास्थ्य चौकीमा कार्यरत अ. न. मी पुजन राइलाई साथीको घरमा खाना खाइरहेको अवस्थामा गाली गलौज र भौतिक आक्रमण भएको भन्दै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको हो।

अनमी राई सोही गाउँपालिका वडा नम्बर ४ मा रहेको फुर्वा लामाको गएको आइतबार साँझ ८ बजे घरमा खाना खाइरहेको अवस्थामा ए ए ठेगाना भएका सन्दिप इदिङ्गो भनिने व्यक्तिले गालीगलौज, अपशब्द प्रयोग गरी भौतिक आक्रमण गरेको समितिले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘सिहुंदवा गाउँपालिकाअन्तरर्गत कार्यरत स्वास्थ्यकर्मीमाथि वर्षौदेखि गालि गलौज, कुटपिट अभद्र व्यवहार जस्ता ६ वटा घटना भैसकेको हुँदा त्यस क्षेत्रमा दण्डहिनता र आपराधिक , मानसिकता बढेकोले अनमी राइप्रति भएको अभद्र र अपराधिक क्रियाकलापको समितिले घोर भत्सर्ना र विरोध गर्दछ, ‘समितिले भनेको छ ।

 

No description available.


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ