२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जब प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला रोष्टममै रोइन्…

जब प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला रोष्टममै रोइन्…


विराटनगर—प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बु रोष्टममै रोएकी छन् । बुधबार प्रदेश १ को नामाकरणका विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै बिताइन् ।

मन्त्री लिम्बुले आफ्नो पहिचानसहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन् । ‘पहिचानसहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन्,’ उनले गुनासो पोखिन्, ‘एक्कासी आज बोल्न त दिइयो । तर, अपमानपूर्ण ढंगले ।’

उनले खोला, नाला र पहाडलाई पहिचान नचाहिएको बताइन् । ‘यो त मानव समुदायलाई चाहिएको थियो । तिनै मानव समुदायलाई किराँत र लिम्बूवान प्रदेश चाहिएको थियो,’ उनले भनिन् ।

संविधानसभाका साझा सहमतिको मर्म र भावनालाई सम्मान गर्ने आधार मानी यस प्रदेशको नाम किरात लिम्बूवान सगरमाथा हुनुपर्ने उनले बताइन् । ‘प्रदेशको नामाकरणमा पुनःविचार गरियोस्,’ उनले भनिन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ