२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यपिसाब रोक्ने बानीले तपाई रोग निम्ताउँदै त हुनुहुन्न ?

पिसाब रोक्ने बानीले तपाई रोग निम्ताउँदै त हुनुहुन्न ?


के तपाईको पिसाब रोक्ने बानी छ? अन्य कामलाई महत्व दिने बाहानामा आफ्नै शरीरको नियमिततालाई बिगार्दै त हुनुहुन्न ? यदि तपाईमा पिसाब रोक्ने बानी छ भने तपाई यी समस्याहरुको शिकार हुने सम्भावना उच्च रहेको छ ।

व्यक्तिको ब्ल्याडर(पिसाब थैली) नियमित खाली राख्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । उमेर अनुसार व्यक्तिलाई पिसाब लाग्ने भएता पनि कम्तिमा प्रत्येक ३ घण्टामा एक पटक पिसाब लाग्ने अवस्थालाई सामान्य मानिन्छ । व्यक्तिको उमेर अनुसार पनि कति समयमा पिसाब लाग्ने र नलाग्ने हुन्छ । उमेरको हिसाबमा व्यक्तिलाई पिसाब लाग्ने सामान्य अवस्था यस्तो छ ।

पिसाब तालिका

उमेर                                 औसत ब्ल्याडरको साइज                               ब्ल्याडर भरिने समय
शिशु (० देखि १२ महिना)       १ देखि २ औसत                                             १ घण्टा
बालक (१ देखि ३ वर्ष)           ३ देखि ५ औसत                                            २ घण्टा
बच्चा  (४ देखि १२ वर्ष)         ७ देखि १४ औसत                                          २ देखि ४ घण्टा
युवा                                  १६ देखि २४ औस                                         ८ देखि ९ घण्टा(प्रत्येक घण्टा २ औसत)

 

१ औसत =२८ ग्राम ।

ब्ल्याडर(पिसाबथैली)को सिधा सम्बन्ध मस्तिष्कसँग हुने तथ्य विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । त्यसैले पनि यदि तपाईको ब्लयाडर(मुत्राशय)रिसेप्टर्स भरिएको छ भने तपाईको मस्तिष्कले तपाईलाई जानकारी दिन्छ र पिसाब लागेको थाहा पाउनु हुनेछ । तर कतिपय अवस्था तथा परिस्थितिका कारण व्यक्तिहरु पिसाब लाग्दा लाग्दै पनि बेवास्ता गरेर पिसाब रोकेर बस्छन् । यसले उनीहरुमा कालान्तारमा गएर नकरात्मक प्रभाव पार्दछ । त्यसैले, पनि पिसाब रोक्नु व्यक्तिको स्वास्थ्यको निम्ति हानिकारक मानिन्छ ।

पिसाब रोक्नाले स्वास्थ्यमा कस्तो असर देखा पर्दछ?

१. यदि तपाईले आफ्नो पिसाबथैली पटक पटक खाली राख्नु भएन भने र यो क्रम निरन्तर २ दिन चलेमा यसबाट तपाईमा पिसाबनली संक्रमण हुने जोखिम उच्च रहन्छ ।

२.  पिसाब रोकेको खण्डमा यसले पिसाबथैलीमा एट्रोफिको शुरु हुन्छ । र, यसलगत्तै तपाईमा असंयमित हुने बानीको विकास समेत हुन पुग्छ ।

३. १० घण्टाभन्दा बढि पिसाब रोक्नुहुन्छ भने तपाईको पिसाबथैलीले प्रतिधारण विकास गर्दछ । यसको अर्थ तपाईको मुत्राशयको मांसपेशीलाई आराम नमिल्ने हुदा तपाई आफूले चाहे पनि पिसाब गर्न नसक्ने वा आफूलाई यसबाट राहत दिन नसक्ने हुनुहुन्छ ।

४. कतिपय अवस्थामा पिसाब रोक्नाले पिसाबथैली फुट्ने सम्भावना समेत हुन्छ ।

कस्तो अवस्थामा चिकित्सकसंग परामर्श लिने?

१. पिसाब फेर्न गाहृो हुने, पोल्ने, नलाग्ने, लागेजस्तो भएपनि पिसाब नआउने समस्याका कारण पिसाब रोक्ने बाहेकका अन्य थुप्रै कारणहरु पनि रहेका छन् । तसर्थ, यदि तपाईलाई पिसाब सम्बन्धि समस्या छ भने तपाईले अनिवार्य रुपमा चिकित्सकसँग परामर्श लिनु पर्दछ ।

२.   पिसाब राम्ररी नहुने वा यससम्बन्धि कुनै पनि समस्या भएको कम्तिमा पनि ३६ देखि ४८ घण्टाभित्र हामीले सम्बन्धित चिकित्सकसँग परीक्षण गराई हाल्नु पर्ने हुन्छ । अन्यथा यसले झन् भयावह स्थितिको सिर्जना गर्ने सम्भावना उच्च रहन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ