२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप१ करोड लगानीमा डाक्टरसँग इन्जिनियर मिलेर खोले हिमालय हेल्थ होम

१ करोड लगानीमा डाक्टरसँग इन्जिनियर मिलेर खोले हिमालय हेल्थ होम


वि.सं. २०३८ सालमा सर्लाहीको बोहितामा जन्मिएका हुन्, डा. विभाकर ठाकुर । बुवा नागेश्वर ठाकुर शिक्षक थिए, आमा सरस्वती ठाकुर गृहणी । त्यही कारण उनी मध्यवर्गीय परिवारमा हुर्किएका हुन् । श्रीचन्द्र शहीद गंगा माविबाट उनले वि.सं. २०५३ सालमा फष्ट एसएलसी उत्तीर्ण गरेका हुन् ।

त्यसपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए । अमृत साइन्स क्याम्पसमा विज्ञानमा भर्ना भए । उनले वि.सं. २०५४ सालमा अमृत साइन्स क्याम्पसबाट फष्ट डिभिजनमै आईएस्सी पास गरे । त्यसपछि बिएमएस अध्ययनका लागि त्रिविमा इन्ट्रान्स दिए । इन्ट्रान्समा नाम निस्किएपछि उनले बिएमएस पढ्न थाले । सन् २००५ मा उनले त्यहाँबाट बिएमएस गोल्डमेडल हात पारे । त्यसपछि उनले विभिन्न प्राइभेट स्वास्थ्य संस्थामा काम गरे ।

सन् २००८ मा उनले चीनमा अकुंपञ्चरमा एमडी गर्नका लागि छात्रवृत्ति पाए । सन् २०१२ मा पढाइ सकेर उनी नेपाल फर्किए । नेपाल फर्केपछि केही समय उनले प्राइभेट प्रायक्टिस गरे । त्यसपछि सन् २०१६ मा आयुर्वेद फर्मास्युटिक्समामा एमडी गर्ने छात्रवृत्ति पाएपछि उनी भारत गए । एमडी सकेर उनी सन् २०१९ मा नेपाल फर्किए । त्यसपछि उनी सफल हेल्थ होममा आवद्ध भए । सफल हेल्थ होमका विशाल श्रेष्ठलगायतका साथीहरुसँग मिलेर उनले चाबहिलमा सफल उपचार केन्द्र खोले ।

इन्जिनियर अरुण रौनियार

डा. विभाकरका सहपाठी हुन्—इन्जिनियर अरुण रौनियार । कोभिड—१९ पहिलो वेभमा कोभिड—१९ संक्रमित भएपछि उनले भनेसुनेका अनेक साथीभाइ गुहारे । तर, कुनै अस्पतालमा पनि बेड पाएनन् । यो नमिठो यथार्थ भोगेका युवा व्यवसायी रौनियारले त्यही बेला एउटा निश्चय गरे केही बेड भएको उपचार केन्द्र त आफैले खोल्नुपर्ने रहेछ ।

उपचार केन्द्र खोल्दैं अस्पताल बनाउने योजना बनाइरहेका रौनियारले साथी विभाकरसँग एउटा उपचार केन्द्र खोल्ने योजना बनाए, त्यसमा उनीहरुका एकजना अर्का साथी पनि थपिए । त्यही योजनाको मुर्तरुप बन्न पुथ्यो—थसिखेलस्थित हिमालय हेल्थ होम । एउटा मल्टीस्पेसियालिटी सेन्टका रुपमा विकास गर्ने योजनाअनुरुप खोलिएको यो सेन्टर सञ्चालन आएको झण्डै दुई सातामात्रै भएको छ । हिमालय हेल्थहोममा रौनियार अध्यक्ष हुन् भने ठाकुर प्रबन्ध निर्देशक ।

‘विज्ञ सेवा दिने उद्देश्यका साथ हामीले हिमालय हेल्थ होम खोलेका हौं,’ डा. विभाकर भन्छन्, ‘आयुर्वेद क्षेत्रमा धेरै नै माल प्रायाक्टिसहरु भइरहेका छन् । वैकल्पिक चिकित्सा पद्धतिमा विशिष्ट सेवा दिनका लागि हिमालय हेल्थ होम खोलेका हौं ।’ आयुर्वेद, अकुपंचर, फिजियोथेरापी, पञ्चकर्मलगायतका विभिन्न सेवाहरु एकै ठाउँबाट दिने उद्देश्य हेल्थ होमको रहेको छ ।

हिमालय हेल्थ होमलाई अत्याधुनिक र सुविधासम्पन्न सेन्टरका रुपमा झण्डै १ करोड हाराहारी लगानी भएको डा. विभाकर बताउँछन् । झण्डै एक दर्जनले रोजगारी पाएको हिमालय हेल्थ होममा काया चिकित्सा, शल्यशालक्य सर्जरी, रस्सा चिकित्सा, अकुपंचर, फार्मेसीलगायतका सेवाहरु पनि हुनेछन् । होमले निकट भविष्यमै डेन्टल र प्याथालोजी सेवा पनि सुरु गर्ने तयारी गरेको छ । हिमालय हेल्थ होमको टिमले भविष्यमा विभिन्न जडिबुटीबाट बन्ने औषधीको गुणधर्मितापूर्ण आयुर्वेद औषधी उत्पादनमा पनि लाग्ने सोच बनाएको छ । साथै, विज्ञ सेवा नेपालभर लैजाने योजनामा पनि डा. विभाकरसहितको टिमको रहेको छ ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ