२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआमाबुबाको हत्यापछि ७ महिने शिशुको अवस्था गम्भीर, माया मेट्रो अस्पतालले निःशुल्क उपचार गर्दै

आमाबुबाको हत्यापछि ७ महिने शिशुको अवस्था गम्भीर, माया मेट्रो अस्पतालले निःशुल्क उपचार गर्दै


धनगढी—कञ्चनपुरमा आमाबुबाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । बिहिवार दिउँसो आमाबुवाको हत्यापछि ती शिशुलाई मावलीको जिम्मा लगाइएको थियो ।

तर, ७ महिने शिशुको अवस्था गम्भीर भएपछि शुक्रबार रातिदेखि धनगढीस्थित माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भैरहेको छ ।

आमाबुवाको हत्यापछि बिचल्लीमा परेकी उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले नै बेहोर्ने अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए । उनले आमाबुवाको हत्या भएपछि टुहुरी भएकी उनको उपचारमा गर्ने जिम्मा आफ्नो पनि रहेको भन्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले ब्यहोर्ने बताए ।

अस्पतालका बालरोग विशेषज्ञ डा. मोहन साउँदले बच्चाको टाउकोमा गम्भीर चोट लागेको बताए । उनले बच्चाको हालत अत्यन्तै नाजुक रहेको बताउँदै अस्पतालले उपचारमा विशेष ध्यान दिइरहेको बताए । डा. साउदले बच्चालाई निमोनियाको समेत संक्रमण देखिएको बताए ।

बिहिवार कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ