२०८३ कात्तिक १३, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री ढकालद्वारा सेती प्रादेशिक अस्पतालको निरिक्षण

स्वास्थ्यमन्त्री ढकालद्वारा सेती प्रादेशिक अस्पतालको निरिक्षण


धनगढी—कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेशको सबै भन्दा पूरानो अस्पताल सेती प्रादेशिक अस्पतालको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निरिक्षण गरेका छन् ।

सोमबार अस्पताल पुगेका स्वास्थ्यमन्त्री ढकाल अस्पतालको निरिक्षण पश्चात अस्पतालको व्यवस्थापनलाई निर्देशन दिंदै अस्पताललाई सुविधासम्पन्न उच्च तहको अस्पताल बनाउने घोषणा गरे ।

अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिंदै अब शैय्याको आधारमा नभएर तहकोे आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिए । मन्त्री ढकालले अस्पतालको विकासका लागि सहयोग गर्न आफू र मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

अस्पतालमा देखिएका कमी—कमजोरीलाई तत्काल सुधार गरेर जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्री ढकालले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ