२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड –१९ विरुद्ध सबै जुटौ : मन्त्री भण्डारी

कोभिड –१९ विरुद्ध सबै जुटौ : मन्त्री भण्डारी


जुम्ला – नेपाल सहित छिमेकी प्रदेश सुदुरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले उच्च सर्तकता अपनाउन विभिन्न तयारी थालेको छ । कर्णालीमा भारत र तेस्रो मुलुकबाट आउनेको संख्या बढिरहेकोे समयमा कसरी सुरक्षा अपनाउने र पूर्वाधार के गर्ने भन्ने बिषयमा स्वास्थ्य क्षेत्र र सरोकारवाला निकायलाई बढि सक्रिय बनाउन थालेको हो ।

कर्णाली प्रदेश सरकारले तयार गरेको रणनीति अनुसार प्रदेशका तीन अस्पताल मध्य सवैभन्दा बढि स्रोत साधन र जनशक्ति भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीलाई अहिले सवैले हेरिरहेका छन् । कोरोना भाइरस विरुद्ध लडन रोकथाम र उपचारलाई बलियो बनाउने बिषयमा प्रतिष्ठानमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला पुगेर व्यापक छलफल सहित समीक्षा गरिएको हो ।

मन्त्री भण्डारीको अध्यक्षतामा आइतवार कर्णाली प्रतिष्ठान जुम्लामा प्रदेश सरकारले तोकेको उच्च स्तरीय अस्पताल परिचालन वैठकमा जुम्लाका प्रदेशसभा सांसद पदम रोकाया, दिनवन्धु श्रेष्ठ, पूर्व राज्यमन्त्री बलबहादुर महत, जिल्ला समन्वय प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले सहित पदाधिकारी र उच्च स्तरको व्यक्तिहरुले कोरोना विरुद्धको लडाई जित्न सक्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रतिष्ठानलाई एक करोड सहयोग

वैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले प्रदेश सरकारले तत्काल कोरोना विरुद्धको रोकथामको उपकरण र अत्यावश्यक सामग्रीका लागि प्रदेश सरकारले प्रतिष्ठानलाई एक करोड प्रदान गरेको र अन्य सामाजिक विकास मन्त्रालयले आवश्यकता अनुसार सहयोग गर्ने जानकारी दिए ।

उनले जिल्लाको उच्च स्तरको जनप्रतिनिधि सहितको टिमलाई जोखिम अवस्थामा गरिने तयारीका लागि आ- आफ्नो समयन्त्रबाट अहिले नै तयारी गर्न अपिल गरे । मन्त्री भण्डारीले अन्तराष्ट्रिय क्षतिलाई हेर्दा भोलि समस्या भयभह हुनु भन्दा रोकथामलाई प्रथामिकता दिने र कर्णाली प्रतिष्ठानलाई उपचारको ठूलो भरोसाको केन्द्र बनाउने योजना र पूर्वाधारमा लाग्न सबै जुट्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री बलबहादुर महत र प्रदेश लेखा समिति सदस्य तथा सांसद दिनबन्धु श्रेष्ठले चाडै भरपुर जनशक्ति भएको कर्णाली प्रतिष्ठानमा कोरोना परीक्षण केन्द्र हुनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भेण्टिलेटर र थर्मल स्क्यानर अहिलेसम्म नआएको हुदा समस्या भएकाले तत्काल झिकाउन प्रस्ताव गरे । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरपालिकाले एक करोडको कोरोना बिपत कोष स्थापना गरिएको जानकारी दिइन् । उनले अब नगरपालिकामा पनि अत्यावश्यक वाहेकका मानिसहरु बाहिर भित्रिन नदिन अनुरोध गरिन् ।

प्रतिष्ठानको तयारी बारे जानकारी

(कोभिड १९) कोरोना भाइरसको रोकथामको लागि गरेका काम र तयारीको बिषयमा जानकारी गरिएको छ । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले अहिले १ सय २० बेड आइसोलेसन, १० वटा आईसियू र ५ वटा भेण्टिलेटर तयार अवस्थामा रहेको जानकारी दिए । उनले एक महिना अघि देखि जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स ग्रुप, यस्तै भिन्नै ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेस्क तथा क्वारेन्टाइन अनुगमन देखि विभिन्न काम भइरहेका छन् ।

अहिले प्रतिष्ठानसँग ३२ विशेषज्ञ र २६ जना मेडिकल अफिसर जनशक्ति रहेकोले कर्णालीका विभिन्न जिल्लामा पनि परिचालन गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनले साढे तीस सय कर्मचारी अहिले कोरोनाको रोकथामका लागि परिचालन गरिएको छ ।

बाहिरबाट आएकालाई खोजेर जाँच गरौ

‘कोरोनाको हल्ला पनि बढि भईरहेको छ । यसले गर्दा हाम्रो मनस्थिति बिगार्ला जस्तो ! अब लकडाउन पूर्ण कार्यान्वयन गरौ ।’ रोकथाम र उपचार दुवैमा अब्बल दावी प्रतिष्ठानका विशेषज्ञले गरेका छन् । वैठकमा उपस्थित प्रतिष्ठानका शिक्षाध्यक्ष तथा विशेषज्ञ डाक्टर निरेश थापाले ३ चरणमा अगाडी बढ्न सुझाब दिए । उनले पहिलो ट्रयास गरौ (बाहिरवाट आएका व्यक्ति खोजौ) दोस्रो जाँच गरौ अन्तिममा उपचार भएकाले खोज्ने कार्यलाई कडाई गरेर अघि बढेमा हामी कोरानलाई जित्न सक्ने उनको दावी छ । तर यो योजनामा आवश्यक पूर्वाधार, जनशक्ति उचित परिचालन गर्नुपर्नेमा जोड दिए । उनले आवश्यकता परे प्रतिष्ठानमा दुई सय बेडको आइसोलेसन गर्न सकिने जानकारी दिए ।

थप ६ जनाको स्वाव परीक्षण गर्न पठाईयो

कर्णाली प्रतिष्ठानले आइतवार थप ६ जनाको स्वाव परीक्षणका लागि सुर्खेत पठाएको जानकारी गरेको छ । यस अघि चार जनाको पठाएकोमा नेगेटिम आएको थियो । स्वाव प्रशस्त्रै संकलन गर्नुपर्ने अवस्था भएकाले प्रतिष्ठानमै कोरोना परीक्षण केन्द्र स्थापना गर्न माग गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ