गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नवजीवन अस्पतालले भन्यो—विशेषज्ञको हर प्रयासबाट पनि सुत्केरीलाई बचाउन सकिएन् नवजीवन अस्पतालले भन्यो—विशेषज्ञको हर प्रयासबाट पनि सुत्केरीलाई बचाउन सकिएन् हेल्थ आवाज आईतबार, २०७८ असोज १० गते, १२:५८ मा प्रकाशित धनगढी—कैलालीको धनगढीस्थित नवजीवन अस्पतालले विशेषज्ञ चिकित्सहरुसहित हरसम्भव प्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको जनाएको छ । आइतबार विहान डोटी शिखर—०६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो । त्यसपछि नवजीवन अस्पतालमा तनाव भएको थियो । तनाव भएपछि अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनलाई शनिबार विहान १० बजे पेट दुखेर अस्पताल भर्नाको भएको ३९ हप्ताकी गर्भवती मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधीले अर्को घर खुलाइएको उल्लेख गरेको छ । त्यसपछि बच्चाको धडकन कम हुँदैं गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर ११:४४ मा डेलिभरी गराइएको थियो । त्यसक्रममा पाठेघरको मुख फराकिता बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ । इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउनका प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाका सिलाउने काम गरिएको र त्यसक्रममा अत्याधिक रक्तस्राव भएको थियो । रक्तस्राव नरोकिएपछि अन्य विभिन्न प्रयास गर्दा पनि बिरामीलाई कार्डियाक एरेष्ट भएर मृत्यु भएको र उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । गर्भवती भएदेखि नै मल्ल नियमित रुपमा नवजीवन अस्पतालमा गर्भजाँच गराउँदैं आएकी थिइन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ५ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा ६ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका १२ मध्ये ६ डाक्टर बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका १२ मध्ये ६ डाक्टर बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन