२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा अस्पताल संचालनको लागि प्रदेश सरकारसँग जनशक्ति माग

गेटा अस्पताल संचालनको लागि प्रदेश सरकारसँग जनशक्ति माग


धनगढी—कैलालीको गेटा अस्पतालले संचालनको लागि जनशक्ति उपलब्ध गराइदिन प्रदेश सरकारसँग आग्रह गरेको छ । अस्पताल संचालनको लागि स्वास्थ्य सेवाका जनशक्तिहरु अर्को व्यवस्था नभएसम्मको लागि काम काजमा जनशक्ति खटाइदिन अनुरोध गरिएको गेटा अस्पतालको निर्देशक डा. प्रमोद जोशीले बताए ।

अस्पताल संचालनको लागि प्रदेश सरकारसँग मेडिकल अधिकृत ५ जना, मिडवाइफ्री ५ जना, फार्मेसी सहायक २ जना, हेल्थ असिस्टेन्ट ३ जना, स्टाफ नर्स ८ जना, फिजियोथेरापी असिस्टेन्ट १ जना, रेडीयोग्राफर ३ जना, ल्याब टेक्निसियन ३ जना र एनेस्थेटिक सहायक १ जना उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

गेटा अस्पतालमा न्यूनतम सेवासहितको अस्पताल संचालन गर्ने तयारी भइरहेको छ ।

संघले यसअघि गेटामा १४० जना जनशक्तिको दरबन्दी स्वीकृत गरेपछि जनशक्ति पूर्ति अगाडि नबढेकाले गेटाले तत्कालका लागि प्रदेश सरकारसँग जनशक्ति माग गरेको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ