२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशचिकित्सक माग्दैं महाकाली अस्पतालको टोली स्वास्थ्य मन्त्रालयमा 

चिकित्सक माग्दैं महाकाली अस्पतालको टोली स्वास्थ्य मन्त्रालयमा 


धनगढी-महाकाली अस्पतालका लागि विशेषज्ञ चिकित्सक माग्दै अस्पतालको एक टोली संघीय राजधानी गएको छ । महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी (बक्सर), प्रतिनिधिसभा सदस्य निरुदेवी पालको टोलीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेटेर यथाशीघ्र अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउन माग गरेका थिए ।

शुक्रबार महाकाली अस्पतालका अध्यक्ष जोशीले डाक्टरसहित, अन्य जनशक्ति, आधुनिक डाईनोशिस मेसिन, फारर्मेसी, एम्बुलेन्ससहितको माग अघि सारेर मन्त्री समक्ष प्रस्ताव अघि सारेको बताए ।

अध्यक्ष जोशीले अघि सारेको मागमा स्वास्थ्यमन्त्री यादवले महाकाली अस्पतालमा जनशक्तिका साथै मेसिनरी उपकरण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको थिए । अस्पताल सुधारका लागि विभिन्न माथिल्ला निकायसंग भेटघाट छलफल गरिरहेको अध्यक्ष जोशीले बताए ।

मंसिरदेखि एमडिजिपी डा. अर्जुन भट्टलाई काजमा पठाउने सहमति भएको छ । अस्पतालको स्तरवृद्धिका लागि पहल भैरहेको अध्यक्ष जोशीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ