२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालले मागेका ४७ कर्मचारीका लागि ३ सय ३ जनाको आवेदन

सेती अस्पतालले मागेका ४७ कर्मचारीका लागि ३ सय ३ जनाको आवेदन


धनगढी—सेती प्रादेशिक अस्पतालले माग गरेका ११ जना विशेषज्ञ चिकित्सकसहित विभिन्न तहका ४७ कर्मचारीका लागि ३ सय बढीले आवेदन दिएका छन् । अस्पतालले १५ दिने सूचना जारी गर्दै गत माघ १२ गते दरखास्त आह्वान गरे अनुसारका पदमा विभिन्न तहका विशेषज्ञ चिकित्सक, नर्सिङ कर्मचारीसमेत गरी३ सय ३ जनाले आवेदन दिएको अस्पतालले जनाएको छ ।

अस्पतालको कर्मचारी पदपूर्ति समितिका सदस्यसमेत रहेका अधिकृत छैटौं लक्ष्मीदत्त भट्टले विशेषज्ञ चिकित्सकसहितका नर्सिङ कर्मचारीका लागि ३ सय ३ जनाको आवेदन परेको जानकारी दिए । गाईनोलोजिष्टमा तीन जना माग गरिएको तीन वटा आवेदन, एनेस्थेसियोलोजिष्टमा एक जना माग गरेकोमा एकजना, पेडियाट्रिसियनमा दुई जना माग गरेकोमा एउटा मात्र आवेदन परेको भट्टले बताए।

अर्थोपेडिक सर्जनमा दुई जना माग गरेकोमा एक जना, ईएनटी सर्जन, फिजियन, रेडियोलोजिष्टका लागि एक÷एक जना मागिएकोमा एउटा–एउटा आवेदन परेका छन् भने एकजना सर्जन माग गरिएकोमा तीन जनाको आवेदन परेको भट्टले जानकारी दिए ।

६ जना मेडिकल अधिकृतका लागि ९ जना, एकजना फिजियोथेरापिष्टका लागि ९ जना, एक जना अस्पताल व्यवस्थापक अधिकृतमा ४ जना, एक-एक जना मागिएको एनेस्थेसिया सहायक र माईक्रोबायोलोजिष्टमा एउटा–एउटा तथा २३ स्टाफ नर्सका लागि २ सय ८ र दुईजना ल्याब टेक्निसियनका लागि ६० जनाको आवेदन परेको छ ।

तर अस्पतालले एक जना मेडिकल ल्याब ट्याक्नोलोजिष्टका लागि माग गरेपनि दरखास्त परेको छैन् । आवेदन दिएकाहरुको हकमा आउँदो फागुन १० गते धनगढीको ऐश्वर्या विद्या निकेतनमा लिखित परिक्षा गरिने भट्टले जानकारी दिए । अस्पतालको पदपूर्ति समितिको बैठकअनुसार २०७७ असार मसान्तसम्मका लागि ती पदहरुमा दरखास्त आह्वान गरिएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ