२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडोटीको केआईसिंह गाउँपालिकाद्वारा अल्ट्रासाउण्ड सेवा सुरु

डोटीको केआईसिंह गाउँपालिकाद्वारा अल्ट्रासाउण्ड सेवा सुरु


डोटी–गर्भवती महिलाहरुलाई गाउँघरमा स्वास्थ्य चेकजाचँमा सहजता पुगोस भन्ने उद्देश्यले जिल्लाको के आई सिंह गाउँपलिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थालाई लक्षित गरी निःशुल्क रुपमा सेवा सुरु गरिएको के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए ।

‘गाउँघरतिर सेवा यस्तो नपाइने अल्ट्रासाउण्ड गर्न २÷३ घण्टाको कच्चीबाटोमा हिडेर राजपुर, दिपायलतिर जानु पर्ने समस्याको अन्त्य भई गर्भवती महिलाहरु आफ्नो गाउँघरमा सेवा उपभोग गर्न सहजता होस भन्ने उद्देश्यले सेवा सुचारु गरिएका हो,’ उनले भने । गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट सेवा प्रवाह हुने भएकाले सबैलाई सेवा उपभोग गरी फाइदा उठाउनसमेत अध्यक्ष शाहीले आग्रह गरे ।

ग्रामीण अल्ट्रासाउण्ड सेवाबाट गर्भवती महिलाको र बच्चाको स्वास्थ्य अवस्थाकोबारे जानकारी हुनुका साथै स्वास्थ्य समस्याको बारेमा पहिचान भई उपचार गर्न सहज हुने केआई सिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर बोहराले बताए ।
‘गर्भवती महिलाहरुका लागि निःशुल्क रुपमा अल्ट्रासाउण्ड सेवा गाउँपालिकाअन्र्तगत रहेका पाँच वटा स्वास्थ्य संस्थाबाट महिनाको एक पटक पुग्ने गरी र दुर्गामाडौं स्वास्थ्य चौकीबाट नियमित रुपमा सेवा उपलब्ध गराइने छ,’ उनले भने, ‘२१ दिने तालिम लिएका दक्ष स्वास्थ्यकर्मी बाट अल्ट्रासाउण्ड सेवा उपलब्ध गराइने व्यवस्था छ ।’

डोटी जिल्लाका नौ स्थानीय तहमध्ये सात वटामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । ‘सायल र बडीकेदार गाउँपालिका पहिलो चरमा एसविए तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा छुटेका थिए ।’
सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह एक अल्ट्रासाउण्ड मेसिन उपलव्ध गराई सेवा सुरु गर्ने कार्यक्रमअन्र्तगत केआई सिंह गाउँपालिकाले सेवा सुचारु गरेको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ