२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यतातो पानीले नुहाउँदा खतरा, यी ६ कुराबाट बच्नुहोस

तातो पानीले नुहाउँदा खतरा, यी ६ कुराबाट बच्नुहोस


जाडो मौसम आउने बितिकै फ्लु र इन्फेक्सन फैलिने खतरा बढ्ने गर्छ। यही कारणले यो मौसममा बढी मानिस बिरामी हुने गर्छन। न्यानो कपडा, तातो कफी, र तातो पानी यस मौसममा सबैभन्दा बढी जरुरी मानिने गर्छ। तर के तपाईलाई थाहाँ छ यी चीजहरु स्वास्थ्यका लागि कति हानिकारक छन ?

१. तातो पानीमा धेरै समयसम्म नुहाउँदा

जाडोमा धेरैबेरसम्म तातो पानीमा नुहाउँनु स्वास्थ्यको लागि राम्रो मानिदैन। यसके हाम्रो शरीर र दिमाग दुबैमा नराम्रो असर पार्छ। खासमा तातो पानीले केराटिन नामको स्किन सेल्सलाई ड्यामेज गर्ने गर्छ जसले त्वचा चिलाउने र रुखो बनाउँछ।

२. धेरै कपडा लाउँदा

यो मौसममा आफुलाई न्यायो राख्नु राम्रो कुरा हो। तर धेरै कपडा लगाउनुबाट बच्न पर्दछ। यसो गर्नाले ओभरहिटिंगको शिकार हुन्छ। खासमा चीसो लाग्दा हाम्रो प्रतिरोधात्मक क्षमता प्रणाली (सेतो रक्त कोष) उत्पादन गर्छ। जुन संक्रमण र रोगहरुबाट सुरक्षा दन्छ। भने शरीर धेरै तात्दा इम्युन शक्तिले काम गर्न सक्दैन।

३. धेरै खानु

जाडोयाममा मानिसको खाना अचानक बढ्ने गर्छ। र स्वास्थ्यको चिन्ता नगरी मानिसहरु जे पनि खाने गर्छन। जाडोमा शरीरको क्यालोरी ज्यादा खर्च हुन्छ जसको भरपाई हामी हट चकलेट वा एक्स्ट्रा क्यालोरीवाला खानेकुराबाट हुने गर्छ। यस्तो अबस्थामा फाइबरवाला खानेकुरा खानुपर्दछ।

४. कम पानी पिउने

जाडोमा कम पानी प्यास लाग्छ। तर उसको मतलब यो हैनकी जाडोमा मानिसलाई पानीको कम जरुरत हुन्छ। यूरीनेशन, डायजेशन र पसीनाबाट बाहिर जान्छ। यस्तोमा पानी नपिउदा शरीर डीहाइड्रेट हुन थाल्छ। जसले मृगौला र पाचनप्रक्रियामा समस्या आउँछ।

५. व्यायाम नगर्ने

चिसो मौसममा ताप कम हुनेकारणले मानिसहरु व्यायाम गर्नुको साटो ओछ्यानमै बस्ने गर्छन। जसले गर्दा शारीरिक गतिबिधि कम हुने गर्छ। यसले हाम्रो इम्युन कमजोर हुन्छ।

६. कफी पिउने 

शरीरलाई तातो राख्नको लागि जाडोमा चिया र कफी पिउने गरिन्छ। तर ज्यादा कफी खानु शरीरको लागि हानिकारक मानिन्छ। दिनमा दुईपटकभन्दा बढी कफी पिउनु हुँदैन।

-एजेन्सी


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ