२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यदैनिक विहान एउटा अण्डा खाँदा मिल्छ यी ५ फाइदा

दैनिक विहान एउटा अण्डा खाँदा मिल्छ यी ५ फाइदा


आजको भागदौड़ले भरिएको जीवनमा अधिकांस व्यक्तिहरु आफ्नो स्वास्थ्यमा ध्यान दिन सकेको पाइदैन। तर जति नै व्यस्त भएपनि आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने पर्ने हुन्छ । अझ गर्मीयाममा स्वास्थ्यमा ध्यान दिनु निकै जरुरी हुन्छ। अण्डा यस्तो पोषक तत्व हुन्छ जसले तपाईको डाइटलाई सन्तुलित बनाउन मद्दत गर्छ। यस्तोमा  दैनिक विहान अण्डा खानुभयो भने धेरै फाइदा लिन सक्नुहुनेछ।

यी हुन् अण्डाका विशेष फाइदा

१)  प्रोटिन प्राप्त

अण्डामा प्रोटिनको मात्रा बढी हुन्छ। किनभने जति अमीनो एसिड तपाई खानाबाट प्राप्त गर्नहुन्छ त्यति नै प्रोटिन तपाई अण्डाबाट पनि प्राप्त गर्न सक्नुहुनेछ।

२) प्रतिरोधात्मक शक्ति बढाउने 

अण्डामा सेलेनियम नामको तत्व पाइन्छ। जसले शरीरको इम्युनिटी बलियो बनाउन मद्दत गर्छ। यसका साथै अण्डामा रहेको बसेको सेलेनियमबाट हुने संक्रमणसँग लड्न पनि सहयोग पुर्‍याउँछ। अण्डाले थायराइड र हार्मोनमा हुने गडबडलाई पनि सन्तुलित पार्न मद्दत गर्छ। यसैले दैनिक बिहान एउटा अण्डा खानु आवश्यक छ।

३) दिमागलाई मजबुत राख्छ

भागदौडले भरिएको जीवनमा दिमागलाई बलवान बनाउन निकै आवश्यक हुन्छ। अण्डामा कयौं पोषक तत्व हुन्छ जसले तपाईको दिमागलाई बलियो पार्छ। खासमा अण्डामा कोलिन नामक पोषक तत्व पाइन्छ। त्यसकारण सधै अण्डा खाने मानिसको दिमाग तेज हुन्छ। अण्डामा भिटामिन र फ्याट एसिड दिमागको लागि पनि फाइदाजनक हुने गर्छ।

४) पुरुषको शरीर बलियो बनाउछ

पुरुषहरुले त झन् सधै विहान एउटा अण्डा खानु आवश्यक छ। यसले फर्टिलिटी मजबूत गराउने गर्छ। यसमा प्रोटिन प्रसस्त पाउने हुँदा पुरुषमा शरीरलाई बलियो बनाउनुका साथै शक्तिको वृद्धि हुन्छ।

५) वजन कम गराउछ

बढ्दो वजन आजको आम समस्या बन्दै गैरहेको छ। यस्तोमा अण्डा यस्तो तत्व हो जसले वजन घटाउन मद्दत गर्छ। वजन कम गर्न अण्डाको पहेलो भाग निकालेर खानुपर्दछ।

-एजेन्सी


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ