२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस्ता छन् टुसा उमारेर गेडागुडी खानुका फाइदा

यस्ता छन् टुसा उमारेर गेडागुडी खानुका फाइदा


सामान्यतयाः नेपालीहरु जनैपुर्णिमाको अवसरमा मात्रै टुसा उमारेको गेडागुडिको प्रयोग गर्ने गर्छन् । पानीमा भिजाएर आवश्यक तापमानमा राखेपछि टुसा उमारेर घरमै सजिलै तयार गर्न सकिने यस्ता आहारलाई अंग्रेजी भाषामा ‘स्प्राउट्स’ भनिन्छ । यसरी तयार पारिएको आहारलाई स्वादिष्टसँगै स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै स्वस्थकर एवम् गुणस्तर मानिन्छ ।

टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन २० गुणा बढ्न जान्छन् ।

यद्यपि, गेडागुडि मात्रै नभई अनाज, तरकारी एवम् नट्स(काजु, पेस्ताहरुको मिश्रण) लाई पनि हामीले स्प्राउट्सको रुपमा तयार गरेर यसबाट पनि फाइदा लिन सकिन्छ । गुणकारी भनिने स्प्राउट्स वास्तवमै विशेषणले भरिपुर्ण रहेको छ ।

यसका विशेषताहरु

१. उच्च प्रोटिनयुक्त आहार
. भिटामिन सी, के एवम् फोलेट, म्याग्नेसियम तथा फोस्फोरसजस्ता मिनरल्सले भरिपूर्ण
३. एन्टि न्युट्रिशनको मात्रालाई घटाउदै न्युट्रिशनको मात्रामा वृद्धि विकास
४. फाइबरका कारण पाचन शक्तिमा वृद्धि
५. मधुमेहको मात्रामा नियन्त्रण
६. र, स्वस्थ मुटुको निम्ति लाभदायिक ।

सर्वगुणले भरिपुर्ण स्प्राउट्सको प्रयोग कसरी गर्ने त? भन्ने जिज्ञासा थुप्रैको मनमा उब्जिन सक्छ । यद्यपि यसको प्रयोग हामीले आफ्नो इच्छाअनुरुप जुनसुकै रुपमा पनि गर्न सक्छौ । जस्तोः सलाद, सुप, क्वाँटि, प्यानकेक वा चट्नीको रुपमा । यद्यपि, लाभदायिक छ भन्दैमा शरीरको क्षमता र आवश्यकताभन्दा बढि प्रयोग गरिएको जुनसुकै खानाले पनि व्यक्तिमा अपच गराउनाका साथै शरीरमा अन्य विभिन्न समस्याहरु समेत उत्पन्न गर्ने सम्भावना उच्च रहन्छ । त्यसैले पनि हामीले यस्ता वस्तुहरुको प्रयोग शरीरको आवश्यकता एवम् क्षमताअनुरुप गर्नुपर्छ । उसोभए यसको प्रयोग कति गर्ने त< १ देखि २ मुठ्ठी स्प्राउट्स गेडागुडिको प्रयोग कुनै पनि वयस्क व्यक्तिलाई स्वस्थ रहनको निम्ति पर्याप्त रहन्छ ।

गेडागुडिको स्प्राउट्स तयार पार्ने विधि

  • राम्ररी सफा पानीले पखालेको गेडागुडिलाई ८–१२ घन्टासम्म भिजाएर राख्ने
  •  यसरी भिजाएर राखेको गेडागुडिलाई पखाल्ने ताकि यसले गेडागुडिको बाहिरी भागमा रहेका पातलो लेयर-खोल या छाला_ हटाउन मद्दत गर्छ ।
  • यसपछि उक्त गेडागुडिलाई एउटा सफा भिजेको कपडाले राम्ररी बेरेर कुनै भाडाँमा राखेपछि चिसो ठाउँमा राख्ने ।
  • गेडागुडिमा राम्ररी टुसा उमार्नका लागि सो गेडागुडिलाई कपडासंगै दिनको दुईपटकसम्म धुने ।
  • उचित तापमान मिलेपछि सो गेडागुडिमा ४–५ दिनाभत्रै राम्ररी टुसा उमिन्छ ।
  • यसरी तयार पारिएको गेडागुडिको स्प्राउट्सलाई राम्ररी धोएर प्रयोग गर्न सकिन्छ भने, इच्छा अनुरुप१ वा २ दिनसम्म फ्रिजमा राखेर पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ