गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के तपाईको आँखा स्वस्थ छ ? के तपाईको आँखा स्वस्थ छ ? हेल्थ आवाज सोमबार, २०७९ वैशाख १९ गते, १७:३४ मा प्रकाशित हाम्रो आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। तर, यदि हाम्रो आँखा एक क्षणको लागि पनि हामीबाट अलग भयो भने, हाम्रो जीवन अँध्यारो हुनेछ। लगातार मोबाइल, टिभी र ल्यापटपमा व्यस्त रहँदा हाम्रो आँखा कमजोर हुन थाल्छ । आँखा स्वस्थ छ वा छैन कसरी पहिचान गर्ने त ? स्वास्थ आँखाको पहिचान आँखाको सेतो भाग सेतो र कालो भाग कालो हुनुपर्छ । माथिल्लो ढकानीले अलिकति कालो भाग ढाकेको हुनुपर्छ र तलको ढकनीले कालो भागलाई छोएको हुनुपर्छ । आँखाको झिम्काई सामान्य दरमा (१५ देखि १८ पटक प्रति मिनेट) हुनुपर्छ । सिधा हेर्दा दुवै आँखा सोझो देखिनुपर्छ । आँखा ठिक्क ओसिलो हुनुपर्छ, न त ज्यादा सुख्खा न त धेरै आँसुले भरिएको । सामान्य प्रकाश भएको ठाउँमा आँखा पूरा खोल्न सक्नुपर्छ । कम प्रकाश भएको ठाउँमा पनि सामान्य व्यक्तिसरह हिडडुल गर्न सक्नुपर्छ । असामान्य दृष्टि कसरी छुट्याउने ? निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ । नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिदै हिड्नु । वस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु । वस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु । हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु । आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु । पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु । लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु । चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु । आँखाको गेडी लगातार हल्लिरहनु। कसरी गर्ने हेरचाह ? सफा पानीले दिनहुँ आँखा धुने। आफु वरिपरीको वातावरण सफा राख्ने। कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य चौकी, आँखा उपचार केन्द्र जाने। समय समयमा आँखाको परीक्षण गराउने। जथाभावी औषधी वा अन्य चीज आँखामा नराख्ने। बालबालिकालाई आँखामा चोटपटक लाग्न सक्ने सामान चलाउन नदिन। हरियो साग, पहेँला फलफूल, अण्डा, कलेजो जस्ता भिटामिन ‘ए’ यूक्त चिज प्रशस्त खाने । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन योग के हो ? यसका प्रकार र फाइदा निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन योग के हो ? यसका प्रकार र फाइदा निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त