२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ शरीरमा प्रोटिनको अभावका कारण निम्तिने समस्या

शरीरमा प्रोटिनको अभावका कारण निम्तिने समस्या


स्वास्थ्य रहनको लागि खाना खानुभन्दा पनि पर्याप्त पोषण युक्त खाना खानु धेरै महत्त्वपूर्ण हुन्छ । शरीरमा दैनिक चाहिने अन्य पौष्टिक तत्त्वहरूमा प्रोटिन सबैभन्दा आवश्यक हुन्छ । शरीरमा प्रोटिनको अभावका कारण स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

शरीरमा प्रोटिनको अभाव भएमा निम्तिनछन् यस्ता स्वास्थ्य समस्याहरू ः

प्रोटिनको अभावका कारण प्रारम्भिक थकान, मांसपेशीहरू कडा हुने, जोर्नीको दुखाइ जस्ता शारीरिक समस्याहरू हुन सक्छन् ।

शरीरमा प्रोटिनको कमी हुँदा हड्डीहरू पनि कमजोर हुन्छन् । क्याल्सियम मात्र नभएर प्रोटिन पनि हड्डीलाई मजबुत बनाउनका लागि आवश्यक छन् । प्रोटिनले हड्डीहरूलाई मजबुत बनाई राख्न मद्दत गर्छ ।

प्रोटिनको अभावका कारण रगतमा चिनीको मात्रा कम हुन्छ जसले थकानको, कमजोरी तथा बारम्बार भोक लागेको महसुस गराउन सक्छ ।

प्रोटिनको अत्यधिक अभावको कारण शरीरमा शरीरमा हेमोग्लोबिन पनि घट्छ ।

रगतमा सेता रक्त कोषहरूको कमी आउन सक्छ ।

जस कारण शरीरको प्रतिरोध क्षमता कम हुन्छ र हामीलाई विभिन्न रोगहरू लाग्न सक्छ ।

सुख्खा कपाल, कमजोर नङ, सुक्खा छाला पनि प्रोटिनको अभावका कारण हुन सक्छ ।

कुनै पनि दुखाइको निरन्तरता प्रोटिनको कमीको कारण पनि हुन्छन् ।

खानामा प्रोटिनको कमीले दिमाग पनि नकारात्मक असर गर्छ ।

मेमोरी भण्डारण जस्ता कार्य मस्तिष्कको एक भाग प्रोटिनले बनेको हुन्छ ।

प्रोटिन आहारहरूको अभावमा स्मरण शक्ति कमजोर हुँदै जान्छ ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ