२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यलामो समय एकै ठाउँमा बस्ने मानिसलाई डिमेन्सियाको जोखिम : अध्ययन

लामो समय एकै ठाउँमा बस्ने मानिसलाई डिमेन्सियाको जोखिम : अध्ययन


स्वास्थ्य विज्ञहरू लामो समयसम्म बस्ने बानीलाई समग्र स्वास्थ्यका लागि धेरै हिसाबले हानिकारक मान्छन् । शारीरिक निष्क्रियता बढाउने यो बानीले तौल मात्र बढाउँदैन, यसले रक्तचापमा पनि नकारात्मक प्रभाव पार्ने देखाएको छ ।

यही कारणले गर्दा विज्ञहरूले सबै मानिसहरूलाई, विशेष गरी कार्यालयमा काम गर्नेहरूलाई एक पटक सिटबाट उठेर हिँड्न सल्लाह दिन्छन् ।

लामो समय बस्दा धेरै साइड इफेक्ट हुन सक्छ, भर्खरै गरिएको एक अध्ययनमा शोधकर्ताहरूले मानिसहरूलाई मानसिक स्वास्थ्यमा यसको प्रभावहरू बारे सचेत गराएको छ ।

७–८ घण्टा लगातार बस्ने बानीले समयसँगै नयाँ कुराहरू भण्डारण गर्ने मस्तिष्कको क्षमतालाई कमजोर पार्ने, यसले स्मरण शक्तिमा पनि असर पार्न सक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

लामो समयसम्म बस्ने मानिसहरू स्मरण शक्तिको सिकार हुने गरेको पाइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार अफिसमा लामो समयसम्म काम गर्ने बानी सामान्य भइसकेको छ, यसको साइड इफेक्टबाट सबैले सावधानी अपनाउन जरुरी छ ।

मस्तिष्कमा लामो समयसम्म बस्ने प्रभाव
सेमल इन्स्टिच्युट फर न्यूरोसाइन्स एन्ड ह्युमन बिहेभियरका वैज्ञानिकहरूले लामो समयसम्म बस्दा शरीर र मस्तिष्कमा कति असर गर्छ भन्ने कुरा पत्ता लगाउन एक अध्ययन गरे । यसका लागि ४५–७५ वर्ष उमेर समूहका ३५ जना सहभागी थिए ।

यी व्यक्तिहरूलाई उनीहरूको शारीरिक गतिविधि र उनीहरू दिनमा कति घण्टा बस्छन् भनेर सोधिएको थियो । यस्तो बानीले मस्तिष्कमा कस्तो प्रभाव पार्छ भन्ने पत्ता लगाउन सहभागीहरूलाई एमआरआई स्क्यान गरिएको थियो । धेरै तहमा गरिएको विश्लेषणमा वैज्ञानिकहरूले धेरै चकित पार्ने कुराहरू पत्ता लगाएका छन् ।

अध्ययनले के फेला पार्‍यो ?
प्लसोन जर्नलमा प्रकाशित अध्ययनको रिपोर्ट अनुसार लामो समयसम्म बस्ने मानिसको मस्तिष्कको भाग (टेम्पोरल लोब) समयसँगै प्रभावित हुन सक्छ । यो अवस्थाले मध्य–उमेर र वृद्ध व्यक्तिहरूमा मस्तिष्कको कार्यलाई असर गर्न सक्छ र साथै डिमेन्सियाको जोखिम बढाउन सक्छ ।

डिमेन्सिया मस्तिष्कको संरचनामा हुने परिवर्तनको कारणले हुने अवस्था हो जसले स्मरण शक्ति, सोचाइ र भावनालाई असर गर्न सक्छ । दिनको ८ घण्टा बस्ने व्यक्तिको मस्तिष्कको भाग ४–५ घण्टा बस्ने व्यक्तिको तुलनामा १० प्रतिशत पातलो हुन सक्ने अनुसन्धानकर्ताहरूले विश्लेषणमा भनेका छन् । टेम्पोरल लोब मस्तिष्कको भाग हो जुन सम्झना र आवाजहरूको लागि जिम्मेवार हुन्छ ।

अनुसन्धान निष्कर्ष
अध्ययनका प्रमुख लेखिका प्रभा सिद्धार्थ बताउँछिन्, “यदि तपाई व्यायाम गर्नुहुन्छ र लामो समयसम्म बस्ने बानी छ भने तपाई पनि त्यस्ता साइड इफेक्टको सिकार हुन सक्नुहुन्छ । यदि दिनको ८ घण्टा अफिसमा काम गर्नु परेमा लामो समयसम्म बसेर काम गर्ने प्रयास गर्नुहोस् ।

यसले राम्रो रक्तसञ्चार कायम राख्न मद्दत गर्छ र मस्तिष्कसँगै अन्य शारीरिक साइड इफेक्टहरू पनि कम गर्न सकिन्छ । समय–समयमा सिटबाट उठ्ने र हिँड्ने बानी बसाल्नुहोस् । एक स्थायी कार्य स्टेसन एक राम्रो विकल्प हुन सक्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ