२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यउच्च रक्तचाप भएकाले के के बार्ने ?

उच्च रक्तचाप भएकाले के के बार्ने ?


रक्तचाप बढ्नुले शरीरका लागि धेरै प्रकारका समस्याहरू पनि बढाउने मानिन्छ, जसका कारण मुटुमा सबैभन्दा बढी जोखिम हुन्छ । अनियन्त्रित उच्च रक्तचाप, जसले हृदयघातको जोखिम बढाउँछ, यसले मिर्गौला र शरीरका अन्य अङ्गहरूमा पनि नकारात्मक असर पार्न सक्छ ।

यही कारणले गर्दा स्वास्थ्य विज्ञहरूले सबै मानिसहरूलाई रक्तचाप नियन्त्रणमा राख्न उपायहरू अपनाउनु पर्ने सल्लाह दिन्छन् ।
खानपानमा ध्यान दिएर र नियमित व्यायाम गर्ने बानी बसाल्दा रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

अनुसन्धानकर्ता खाना र पेय पदार्थको अवस्थाका कारण रक्तचाप बढ्ने जोखिम बढी हुने पत्ता लगाएका छन् । यस्ता व्यक्तिले खानामा सोडियमको मात्रालाई धेरै नियन्त्रणमा राख्नुपर्छ । यसबाहेक भर्खरैको अनुसन्धानले उच्च रक्तचापबाट पीडित व्यक्तिहरूले धेरै कफी पिउनु हुँदैन भन्ने पत्ता लगाएको छ, यसले गम्भीर हृदय रोगको जोखिम बढाउँछ ।

आउनुहोस् जानौँ कफीले रक्तचापको समस्यालाई कसरी असर गर्छ र यस्ता व्यक्तिहरूले कफीको सेवन कम गर्नुपर्छ ?

जापानमा हालै गरिएको एक अध्ययनले दिनमा दुई वा सोभन्दा बढी कप कफी पिउनाले हृदयघातबाट हुने मृत्युको जोखिम दोब्बर हुने देखाएको छ । अत्यधिक कफीले हृदय रोगहरूमा गम्भीर साइड इफेक्ट हुन सक्छ । त्यस्ता व्यक्तिहरूलाई कफी नपिउन सल्लाह दिइन्छ, वा तपाईँ दिनमा एक वा दुई कप कफी पिउन सक्नुहुन्छ ।

सोडियम सेवनमा नियन्त्रण 
सोडियमले रक्तचाप बढाउँछ । धेरै मानिसले थाहा नपाई सोडियमको मात्रा बढी खाने गर्छन् । प्रशोधित र फास्ट फुडहरूमा सामान्यतया सोडियमको उच्च मात्रा हुन्छ, नुन एक प्रमुख स्रोत हो । स्वस्थ शरीरका लागि दैनिक २३ सय मिलिग्रामभन्दा बढी नुन सेवन नगर्नु पर्ने चिकित्सकहरू बताउँछन् । खाना खानु अघि ती पदार्थहरूमा सोडियमको मात्रा जाँच गर्नु राम्रो मानिन्छ ।

गुलिया कुराको सेवन नगर्ने
सामान्यतया मधुमेह भएका मानिसहरूलाई धेरै चिनी नखाने सल्लाह दिइन्छ, तर के तपाईँलाई थाहा छ उच्च रक्तचापमा पनि चिनी धेरै खानु हानिकारक हुन सक्छ ? २०१२ को एक अध्ययनले उच्च चिनीको सेवनले नुनले जस्तै रक्तचाप बढाउन सक्छ । अध्ययनमा उच्च फ्रक्टोज कर्न सिरप भएका खानेकुराहरू उल्लेख गरिएको छ, सबै मानिसहरूलाई नुन र चिनीको मात्रा नियन्त्रण गर्न सल्लाह दिइन्छ ।

रक्सी धेरै हानिकारक छ
अमेरिकन हार्ट एसोसिएसनका अनुसार अत्याधिक रक्सी पिउनाले रक्तचाप बढ्न सक्छ । यस्तो अवस्थामा तपाई पहिले नै उच्च रक्तचापको सिकार हुनुहुन्छ भने जोखिम बढ्ने खतरा हुन्छ । रक्सीले रक्तचाप बढाउँदै मुटु, मिर्गौला र कलेजो जस्ता अङ्गहरूमा गम्भीर साइड इफेक्टको जोखिम पनि निम्त्याउँछ । त्यसैले सबैले मदिराबाट टाढा रहनुपर्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ