२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगपायल्सबाट छुटकारा पाउन गर्नुहोस् यी योगासन

पायल्सबाट छुटकारा पाउन गर्नुहोस् यी योगासन


पाचन प्रणालीमा गडबडीका कारण पायल्सको समस्या धेरै हुने गर्छ । धेरै भुटेको खाना खाँदा कब्जियत हुन सक्छ । यदि समयमै कब्जियत निको पारिएन भने त्यसले पायल्स निम्त्याउन सक्छ । जसमा शौच गर्दा दुख्ने र रगत बग्ने समस्या हुन्छ । यस्तो समस्याबाट केही योगासन गरेर राहत पाउन सकिन्छ ।

पायल्स धेरै गम्भीर रोग हो । आजकल अधिकांश मानिसहरू यस रोगसँग जुधिरहेका छन् । यो समस्यालाई पायल्स र हेमोराइड्स पनि भनिन्छ । पायल्सको सबैभन्दा ठूलो कारण अस्वस्थ जीवनशैली र खानपान हो । यो समस्या समाधान गर्न सबैभन्दा पहिले अस्वस्थ जीवनशैलीलाई बदल्नुहोस् । यसका साथै केही योगासनको गर्नुहोस् जसले पायल्सको समस्याबाट धेरै हदसम्म छुटकारा दिलाउँछ ।

मलासन

मलासनको अभ्यास महिलाहरुका लागि धेरै लाभदायी हुन्छ । यो आसन गर्नाले कब्जियतको समस्याबाट मुक्ति पाइन्छ । जुन पायल्सको मुख्य कारण हो । यो आसनले पायल्स बाहेक मेरुदण्ड, कम्मर र तिघ्राको लागि पनि फाइदाजनक छ । यस बाहेक सम्पूर्ण पाचन प्रणालीलाई स्वस्थ राख्छ ।

पवनमुक्तासन

पवनमुक्तासन अभ्यास गर्नाले पेट सम्बन्धी धेरै समस्याहरुबाट राहात पाइन्छ । यसले ग्यासको समस्या हटाउँछ । यो आसन कम्तिमा तीन देखि पाँच पटक गर्नुहोस् । यो आसनले पेटमा दबाबका कारण बोसो पनि कम हुन्छ ।

विपरिता कार्य

विपरिता करणीको अभ्यास गर्नाले कम्मरमा तल र माथी दुबैपट्टिबाट रक्तसञ्चार हुन्छ । यसले उक्त क्षेत्रमा रक्तसञ्चार बढाउँछ । जसले मल त्याग गर्दा हुने दुखाईबाट धेरै हदसम्म राहत दिन्छ ।

सर्वांगासन

सर्वांगासनको दैनिक अभ्यासले शरीरमा रक्तसञ्चार सुधार गर्छ । यो आसन गर्नाले पेट र हिपलाई फाइदा हुन्छ । त्यसैले यो आसन कम्तिमा दुई देखि तीन पटक कम्तिमा १० सेकेन्डसम्म अभ्यास गर्नुहोस् ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ