२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगमन र मस्तिष्कको तनाव कम गर्न गर्नुहोस् यी योगासन

मन र मस्तिष्कको तनाव कम गर्न गर्नुहोस् यी योगासन


धेरै कामको तनाव, कमजोरी वा अन्य कारणले मानिसको मन र मस्तिष्क थकित हुन्छ । यस्तो अवस्थामा कुनै काममा रुची हुँदैन् । दिमागमा धेरै प्रकारका विचार आउँछन् । जसले दिमागलाई अशान्त बनाउँछ । तनावका कारण पनि यस्तो समस्या हुने गर्छ । यसले अनिद्राको समस्या पनि निम्त्याउँछ ।

यस प्रकारको समस्याबाट ग्रसित हुनुहुन्छ ? यस्तो समस्याबाट बाहिर निस्किन चाहनुहुन्छ भने मन र दिमागलाई शान्त पार्न योगाभ्यास गर्नुहोस् । योगले मनलाई शान्त राख्छ । तनाव कम गर्दछ र अनिद्राबाट राहत प्रदान गर्दछ । जसले एकाग्रता सुधार गर्दछ ।

बालासना

कमजोरी र थकानले दिमागलाई अलमल र निष्क्रिय बनाउँछ । यस्तो अवस्थामा बालनासको अभ्यास गर्नाले तनाव कम हुन्छ र शरीरमा ऊर्जा बढ्छ ।

बालासन अभ्यास गर्न घुँडा टेकेर भुइँमा बस्नुहोस् । दुबै खुट्टा सँगै जोड्नुहोस् । गहिरो श्वास लिनुहोस् । आफ्नो हात माथि लैजानुहोस् ।

अब विस्तारै अगाडि झुक्नुहोस् र पेटलाई तिघ्राको बीचमा पार्नुहोस् । अब श्वास छोड्नुहोस् ।

केही समय यही पोजिसनमा बस्नुहोस् । अब विस्तारै सामान्य स्थितिमा फर्कनुहोस्।

वृक्षासन

यो आसन गर्नको लागि सिधा उभिनुहोस् । दाहिने खुट्टा बायाँ तिघ्रामा राख्नुहोस् । अब खुट्टाको पाइलालाई तिघ्रामा सिधा राख्नुहोस् ।

अब बायाँ खुट्टा सिधा राख्नुहोस् । गहिरो श्वाास लिनुहोस् । दुवै हातलाई माथि लगेर नमस्कार मुद्रा बनाउनुहोस् । यस अवधिमा मेरुदण्डलाई सीधा राख्नुहोस् ।

अब विस्तारै हात तल ल्याउनुहोस् । त्यसपछि दाहिने खुट्टा पनि सिधा गर्नुहोस् । अघिल्लो आसनमा उभिनुहोस् । अब दाहिने तिघ्रामा बायाँ खुट्टा राखेर आसन दोहोर्याउनुहोस् ।

पश्चिमोत्तनासन

यो योग आसन मस्तिष्क शक्ति बढाउनको लागि लाभदायक मानिन्छ । एकाग्रता सुधार गर्न, तनाव कम गर्न र दिमाग शान्त राख्न यो योग आसनको नियमित अभ्यास गर्नुहोस् । पश्चिमोत्तनासनको अभ्यास गर्नाले शरीर उर्जावान हुन्छ र क्रियाशीलता बढ्छ ।

यो आसन गर्नका लागि भुइँमा दुवै खुट्टा फैलाएर बस्नुहोस् । अब श्वास लिँदै हातहरू माथि उठाउनुहोस् ।

श्वास छोड्दा हातहरू अगाडि सार्नुहोस् । त्यसपछि हातको औंलाले खुट्टाको औंलाहरू समात्नुहोस् ।

यस मुद्रामा नाकले घुँडा छुने प्रयास गर्नुहोस् । केही समय यस स्थितीमा रहेपछि सामान्य अवस्थामा फर्कनुहोस् ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ