२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ

रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ


काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युक्रेनको अस्पताल तथा स्वास्थ्यसंस्थामा ४३ हमला गरेको बताएको छ। संघका महानिदेशक ट्रेडोस अदनोम घेब्येयियसले बिहीबार संयुक्त राष्ट्र सुरक्षा परिषदलाई युक्रेनको स्वास्थ्य सेवामामा ४३ हमला गरेको प्रमाणित भएको जानकारी गराएका हुन्।

उक्त आक्रमणको क्रममा स्वास्थ्यकर्मी लगायत १२ जनाको ज्यान गुमाइसकेको  र दर्जनौं घाइते भएको उनको भनाइ छ।

महानिर्देशक घेब्येयियसले १५ सदस्यीय परिषद्लाई भने, ‘कुनै पनि द्वन्द्वमा स्वास्थ्य सेवामाथि आक्रमणहरू हुनु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गर्नु हो।’

–एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ